“मेस्सीले तीन खेलमा गोल गर्न सकेन भन्नेले रोनाल्डोको युभेन्टसमा सुरुको हालत हेर्नुपर्छ अनि बोल्नु”

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यसै सिजन मात्र अनुबन्ध गरेको स्टार खेलाडी लियोनल मेस्सीले क्लबमा अनुकूल हुन समय लिएकोमा कुनै चिन्ता नगरेको बताइएको छ। मेस्सीले फ्रेन्च क्लबका लागि ३ खेल खेल्दा एक पनि गोल गर्न सकेका छैनन्।

आर्थिक संकटमा रहेको बार्सिलोनासँग नयाँ सम्झौता हस्ताक्षर हुन नसकेपछि २१ वर्षपछि क्याटालान क्लब छाडेर गत महिना मात्र ३४ वर्षीय स्ट्राइकर फ्रेन्च राजधानी प्रस्थान गरेका हुन्। यस्तोमा नयाँ टिम र नयाँ टिममेटसँग तालमेल मिल्नको लागि मेस्सीलाई केहि समय लाग्ने देखिएको छ। खेलेका तीन खेलमा उनले गोल गर्न सकेका छैनन्।

यो त्यस्तै हुनसक्छ जब क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट युभेन्टसमा सामेल भएका थिए। उनलाई पहिलो गोल गर्न पाँच खेल लागेको थियो। युरोपेली फुटबल विशेषज्ञ जुलियन लाउरेन्स टकस्पोर्टलाई भने: “फ्रान्समा, विशेषगरी पेरिसमा कुनै किसिमले चिन्ता छैन। हो, उनले आफूले अहिलेसम्म खेलेका खेलमा गोल गरेका छैनन्।”

“अन्य स्थानमा, विशेषगरी इंग्ल्याण्डमा मेस्सीले तीन खेलमा पनि गोल गर्न सकेका छैनन्, के भयो मेस्सीलाई भन्दै छन्। हामीले भुल्नु हुन्न कि युभेन्टसमा रोनाल्डोले पहिलो गोल गर्न पाँच खेल खेल्नु परेको थियो।”

मेस्सीले मंगलबार राति म्यानचेस्टर सिटी विरुद्धको खेलमा आफ्नो गोलको खाता खोल्ने मौका पाउनेछन्। क्लबका पछिल्ला २ खेल चोटका कारण गुमाएका ६ पटकका ब्यालुन डी ओर विजेता सिटी विरुद्ध भने खेल्ने सम्भावना उच्च रहेको छ। खेल नेपाली समय अनुसार आज राति १२:४५ बाट सुरु हुनेछ।

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१७:१५

कुनै बेला रोनाल्डोसँग फुटबल खेल्थे, अहिले बेच्छन् दुध !