च्याम्पियन्स लिग: पि.एस.जिका लागि स्टार खेलाडि मेस्सिको पहिलो गोल, रयिल मड्रिडले हारको स्वाद

च्याम्पियन्स लिगमा गएराति भएको खेलमा  आयाक्स, पि.एस.जि, लिभरपुल, एथलेटिको मड्रिड, बुरुसिया डर्टमण्ड,सेरीफ टिरासपोल र क्लब ब्रागा बिजयी भएका छन।
नेपाली समय अनुसार राति १०ः३० मा भएको खेलमा डच टिम आयाक्सले टर्किस टिम बेसिक्टसमाथि २-० को सहज जित निकालेको हो। आयाक्सका लागि स्टिभन वर्गुइस (१७) र सबास्टियन हलर (४३)ले गोल गरेका थिए।

त्यस्तै सोहि समयमा भएको अर्को खेलमा युक्रेनियन क्लब शाक्तार डोनेस्क र ईटालियन क्लब इन्टर मिलान बिचको खेल गोल रहित बराबरीमा सकिएको थियो। शाक्तारले अधिकांश समय बल आफ्नो कब्जामा राखेपनि गोल भने गर्न सकेन।

पि.एस.जिले म्यान सिटिमाथि २(० को सजिलो जित निकाल्यो। जितमा पि.एस.जिका लागि ईद्रिसा गाना ग्वाए (८) मा र लियोनल मेस्सि(७४)ले गोल गरेका थिए। च्याम्पयिन्स लगिमा १२१ सौँ गोल गरेका मेस्सिको यो पि.एस.जिको लागि भने पहिलो गोल थियो। सिटिका थुप्रै प्रयास  पि.एस.जिका गोल रक्षक जियानलुईजि डोनारुमाले बचाएका थिए।

अर्को खेलमा ईटालयिन क्लब एसि मिलानलाई स्पेनिस क्लब एथलेटिको मड्रिडले २-१ गोल अन्तरले हरायो। खेलमा मिलानले राफायल लियओको गोलबाट २० औँ मिनेटमा अग्रता लिएको थियो। खेलको २९ मिनेटमा र्फ्यँक क्यास्सिले रातो कार्ड खाएपछि १० जाना खेलाडिमा सिमित भएको मिलान बिरुद्ध दोस्रो हाफको ८४औँ मिनेटमा मड्रिडका एनटोवान ग्रिजमेन र इनजुरी टाईमको ७औँ मिनेटमा पेनाल्टि मार्फत लुईस सुवारेजले गोल गरेका थिए।

 

पोर्चुगीज क्लब पोर्तो माथि गोलको बर्षा गर्दै बृटिस क्लब लिभरपुलले ५(१को जित निकाल्यो। खलेमा महम्मद सलह् (१८, ६0) र रोबर्टो फर्मिनो (७७,८१) ले दुई र साडियो माने (४५ ) ले १ गोल गरे। पोर्तोका लागि मेहदि तारेमि (७४)ले सान्तोना गोल फर्काएका थिए।

स्पेनसि क्लब  रयिल मड्रिडलाई स्तब्द बनाउँदै माल्डोभन क्लब सेरीफ टिरासपोलले जित हासिल गर्यो। टरिासपोललाई जिताउने क्रममा जसुर याख्सिवैब (२५) र सेवास्टियन थिल (८९) मा गोल गरेका थिए। रियलका लागि करीम बेन्जेमाले ६५औँ मिनेटमा पेनाल्टि मार्फत गोल फर्काएका थिए।

जर्मन क्लब बुरुसिया डर्टमण्डले डोन्यल मालेनको ३७औँ मिनेटको गोलको मद्दतले पोर्चुगिज क्लब स्पोर्टिँ क्लब माथि १-० को जित निकाल्यो।

बेल्जियन क्लब क्लब ब्रागाले जर्मन क्लब आरबि लाइपजिकमाथि २-१को जित निकाल्यो। खेलमा लाइपजकिले ५औँ मिनेटमा कृष्टफर एनकुन्कुको गोलबाट अग्रता लिएको थियो तर ब्रागालाई जित दिलाउन हान्स भानाकेन (२२)र म्याट्स रिट्स (४१)मा गोल गरेका थिए।

 

प्रकाशित : बुधबार, असोज १३, २०७८०४:१६

अन्ततः मेस्सीले पिएसजीमा खाता खोले, सिटी पराजित !