तरकारीको भाउ अचाक्ली बढ्यो !

काठमाडौँ,  दुुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी १५/२० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६० रुपियाँ पुुगेको समितिले जनाएको छ ।

समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुुगेको समितिले जनाएको छ ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताउनुुभयो । उहाँले भन्नुुभयो, तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्वाध रूपमा तरकारी आइरहेको छ ।
उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताउनुभयो ।

विभागका महानिर्देशक प्रकाश पौडेलले तरकारीको कारोबारमा हुने तह घटाउन सके मात्रै मूल्य नियन्त्रण हुने बताउनुुभयो । अहिलेको समस्या उत्पादन किसानदेखि उपभोक्तासम्म आइपुुग्दाबीचको तहमा रहनेले बजारको माग हेरेर मूल्यमा बढी चलखेल गर्ने गरेको र यसलाई हटाउन नसक्दा मूल्य समस्या आइरहेको उहाँले थप्नुुभयो।

प्रकाशित : बुधबार, असोज १३, २०७८०८:५७

अध्यादेश खारेजले अदालतको फैसलामा प्रभाव पार्ला ?