लगातार घट्दै सुनको मूल्य, आज ९ दिन यताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। गएको केहि दिन देहि लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८८ हजार ९ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ ​सय रुपैंयाँले नै घटेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८८ हजार ४ सय ५० रुपैंयाँ कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार ८९ हजार, सोमबार ८९ हजार ३ सय र मंगलबार ८९ हजार रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८८ हजार ५ सय ५०, सोमबार ८८ हजार ८ सय ५० र मंगलबार ८८ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

सुन असोज ४ गते यताकै सस्तो

सोमबार र मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेसँगै सुन ९ दिन अथवा असोज ४ गते यताकै सस्तो भएको छ। त्यस दिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदी ११ सय ५५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, असोज १३, २०७८१०:५४

काभ्रेका छ पालिकामा कोरोना सङ्क्रमणदर शून्य !