अर्जेन्टिनाका आइकनले दोस्रो हाफमा उत्कृष्ट गोल गर्दै फ्रान्समा पहिलो गोल गर्दै आफ्नो करियरलाई अझ सफल बनाउने बाटो तर्फ अग्रसर भएका छन्। म्यानचेस्टर सिटीलाई पीएसजीले २-० ले हराएको खेलमा मेस्सीले फ्रेन्च क्लबको जर्सीमा पहिलो गोल गरे।
म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलालाई युवा मेस्सीलाई कसरी सुपरस्टारमा परिणत गर्ने भनेर थाहा थियो। उनले बार्सिलोनामा हुँदा मेस्सीलाई विश्वस्तरीय खेलाडीमा परिणत गरेका थिए। र मंगलबार केहि समयको लागि यो पनि लाग्यो कि सायद पेपसँग उमेर ढल्कदै गएका मेस्सीलाई रोक्न योजना पनि छ।
तर म्यानचेस्टर सिटी बोसको सबैभन्दा ठूलो डर यो थियो कि पेरिस सेन्ट जर्मेनका नयाँ सुपरस्टारले खेलभरमा कुनै एक पलमा आफ्नो असाधारण प्रतिभा देखाउन सक्छन् जसले खेल नै आफ्नो पक्षमा पार्नेछ। जब सिटीले पीएसजीको सामना गर्यो पेपको डर वास्तविकतामा परिणत भयो।
पीएसजीका लागि घरेलु मैदानमा पहिलो च्याम्पियन्स लिग खेलिरहेका मेस्सीलाई खेलको ७० मिनेटसम्म चुपचाप राख्न सिटी सफल पनि भयो। तर एक मिनेटमा नै मेस्सीले पासा पल्टाए। खेलको ७४ औं मिनेटमा मेस्सीले मैदानको दायाँ तर्फबाट लामो रनका साथ आक्रमणको सुरुवात गरे। डी-बक्सको एजबाट फ्रेन्च स्टार एम्बाप्पेलाई पास दिएको बल २२ वर्षीय स्ट्राइकरले उत्कृष्ट तरिकाले मेस्सीलाई रिटन पास दिए। जसमा कुनै गल्ती नगरी ३४ वर्षीय स्ट्राइकरले सुन्दर गोल गर्दै फ्रेन्च क्लबको अग्रता दोब्बर पारे।
पुन: एकपटक पेपको डर बनेका मेस्सीको यो च्याम्पियन्स लिगमा १२१ औं गोल थियो भने प्रिमियर लिग क्लब विरुद्ध २७ औं गोल थियो।