“अहिलेको समयमा रोनाल्डो मेस्सी पनि सलाहको छायाँमा छन्, सलाह सर्वोत्कृष्ट हुन्”

लिभरपुलका एक पूर्व खेलाडीका अनुसार अहिलेको समयमा मोहम्मद सलाह भन्दा राम्रो कोहि छैन, क्रिस्टियानो रोनाल्डो वा लियोनल मेस्सी पनि छैनन्। मंगलबार म्यानचेस्टर सिटी विरुद्ध गरेको सुन्दर गोलका कारण पीएसजी स्टार लियोनल मेस्सी निकै चर्चाको विषय बनेका छन्।

पीएसजीका लागि मेस्सीको पहिलो गोलले पोर्चुगलमा सलाहले गरेको उत्कृष्ट प्रदर्शनलाई ओझेलमा पार्यो। पोर्टो विरुद्ध ५-१ को जीत निकाल्दा लिभरपुल स्टारले २ गोल गर्दै निकै उत्कृष्ट प्रदर्शन गरे। यस सिजन जोर्गन क्लोपको टोलीका लागि इजिपसियन स्टारले ८ खेलमा ८ गोल गरेका छन्। यस्तोमा पूर्व लिभरपुल स्टार डिन साउनडर्सले अहिलेको समयमा मोहम्मद सलाह भन्दा उत्कृष्ट खेलाडी विश्व फुटबल मै नभएको दाबी गरेका छन्।

आफूले उत्तर दिनु भन्दा पहिले टकस्पोर्टमा उनले सोधे,”अहिले हामीले कुरा गरिरहँदा सलाह भन्दा को उत्कृष्ट छ?” “आठ खेलमा आठ गोल गर्नु, त्यो पनि सेन्टर फरवार्डका रूपमा खेलिरहेका छैनन्। उनलाई अहिले साँच्चै नै रोक्नै सकिन्न,”उनले भने,”मेस्सी, रोनाल्डो आफ्नै ठाउँमा छन् तर अहिले भने उनीहरु पनि सलाह भन्दा पछाडी छन्।”

पेरिसमा गयारती मात्र मेस्सीले पीएसजीका लागि गोलको खाता खोल्न सफल भए। यसै सिजन मात्र फ्रेन्च राजधानी पुगेका मेस्सीलाई पहिलो गोल गर्न चार खेल लाग्यो।

अर्कोतर्फ रोनाल्डोले भने युनाइटेडमा आफ्नो दोस्रो कार्यकाल निकै उत्कृष्ट तरिकाले सुरुवात गरेका छन्। उनले रेड डेभिलका लागि ४ खेलमा ४ गोल गरिसकेका छन्।

प्रकाशित : बुधबार, असोज १३, २०७८१७:५८

पि.एस.जीका हकिमिले प्रतिद्वन्दि क्लब सिटिका ग्रिलिसलाई ईन्स्टामा गिज्याएपछि