म पार्टी फुटको विपक्षमा छु : शाक्य

विदुर– बागमती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्यले पार्टीभित्र केही बेमेल भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको बताएकी छन्।

एमाले नुवाकोटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीका रुपमा अघि बढाउनुपर्ने बताइन्।

‘पार्टीका पहिलो भएका केही बेमेल, भिन्नतालाई छाडेर अघि बढ्नुपर्छ । गुटबन्दीभन्दा माथि उठेर संस्थागतरूपमा पार्टीलाई बलियो बनाउन सबै सक्रिय हुनुपर्छ,’ मुख्यमन्त्री शाक्यले भनिन्।

शाक्यले माधव नेपाललाई पार्टी फुटाउन नहुने सल्लाह दिएको र नेपाल लगायतले फटाएर अघि बढेपछि साथ छाडेको पनि बताइन्। उनले नेकपा ९एकिकृत समाजवादी० निकै कमजोर पार्टी हुनेसमेत दाबी गरिन्। उनले नुवाकोटका पार्टी फुटको असर ज्यादै न्यून परेकाले आगामी दिनमा एमालेको सङ्गठन अझै बलियो हुने बताइन्।

प्रकाशित : बुधबार, असोज १३, २०७८२१:१२

आज सुन यस वर्षकै सस्तो ! कति ?