एकसाथ रोनाल्डोले बनाए नयाँ किर्तिमान !

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणमा म्यानचेस्टर युनाइटेडले पहिलो जित दर्ता गरेको छ। यस अगाडी योङ ब्वाइजसँग स्तब्द बन्न पुगेको युनाइटेडले बुधबार राति पहिलो जित दर्ता गरेको हो।

युरोपा लिगको फाइनलमा पराजित गरेको भिल्लारियलविरुद्ध युनाइटेडले उत्कृष्ट पूनरागमन जित निकाल्यो। युनाइटेडको जितमा एलेक्स टेलेस र क्रिस्टियानो रोनाल्डोले गोल गरे।

खेलको ५३ औं मिनेटमा पाको अल्कासरको गोलमा भिल्लारियलले अग्रता लिएको थियो। भिल्लारियलले अग्रता लिएको ७ मिनेटमै युनाइटेडले बराबरी गोल फर्कायो। खेलको ६० मिनेटमा ब्रुनो फर्नान्डेजको चलाखीपूर्ण फ्रिकिकमा एलेक्स टेलेसले गोल गरे। त्यस्ती दोस्रो गोल भने रोनाल्डोले ५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे।

रोनाल्डोले बनाए दुई नयाँ किर्तिमान

बुधबारको खेलमा रोनाल्डोले दुई किर्तिमान बनाएका छन्। भिल्लरियलविरुद्धको खेलमा सहभागी भएसँगै रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बने। उनले च्याम्पियन्स लिगमा रियल म्याड्रिडका पूर्व कप्तान इकर कासिलासको १ सय ७७ खेलको कीर्तिमानलाई तोडेका हुन्। रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म १ सय ७८ खेल खेलेका छन्।

त्यस्तै रोनाल्डोले अर्को एक किर्तिमान पनि बनाएका छन्। च्याम्पियन्स लिगमा ९० मिनेटपछि सर्वाधिक धेरै विजयी गोल गर्ने किर्तिमान पनि रोनाल्डोको नाममा भएको छ। च्याम्पियन्स लिगमा ९० मिनेटपछि सर्वाधिक धेरै विजयी गोल गर्ने सर्जियो अगुइरोको रेकर्डमा रोनाल्डोले बराबरी गरेका छन्। दुवैले तीन खेलमा ९० मिनेटपछि विजयी गोल गरेका छन्।

प्रकाशित : बिहिबार, असोज १४, २०७८०९:५०

सालाह, माने र फर्मिनोको ट्रियोको तहल्काले फेरी युरोपमा तरंग !