सालाह, माने र फर्मिनोको ट्रियोको तहल्काले फेरी युरोपमा तरंग !

एजेन्सी – गएको सिजन प्रिमियर लिग क्लब लिभरपुलका लागि सुखद रहेन। चोटका कारण आधा दर्जन भन्दा बाढी खेलाडी गुमाउन पुग्दा लिभरपुलले प्रिमियर लिगको उपाधि त जोगाउन सकेन-सकेन, च्याम्पियन्स लिगमा पनि त्यति बलियो देखिएन।

लगातार डिफेन्डरहरु घाइते हुँदा लिभरपुल धेरै नै जटिल अवस्थाबाट गुज्रिन पुग्यो। त्यति मात्र होइन, लिभरपुलको आक्रमण पङ्ती पनि पहिला भन्दा कम्जोर भएको थियो। जुनै एक समयमा विश्वकै घातक ट्रियोको रुपमा तहला मच्चाएको मोहमद सालाह, साडियो माने र बबी फर्मिनोको ट्रियो गएको सिजन खासै जम्न सकेन। फर्मिनो पूरा सिजन फिट रहन सकेनन् भने माने पनि लय गुमाउन पुगे।

लिभरपुलले सालाह, माने र फर्मिनोको ट्रियोमा केहि परिवर्तन समेत गर्यो। डिएगो जोटालाई सालाह र मानेसँगै मैदानमा उतारियो। तीन खेलाडीले आक्रमणमा केहि सम्भावना देखाएपनि पहिला जस्तो कमाल हुन सकेन।

मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा पनि त्यस्तै भयो। एफसी पोर्टाे विरुद्ध लिभरपुलले सालाह, माने र जोटालाई आक्रमणको जिम्मेवारी दियो। तर जोटा मैदानबाट फिर्ता बोलाइए। उनको ठाउँमा फर्मिनोलाई पठाइयो। पोर्टो विरुद्ध फर्मिनोले ४ मिनेटको अन्तरमा २ गोल गरे। त्यस अगाडी सालाह र मानेले पनि गोल गरिसकेका थिए। पोर्टो विरुद्ध सालाहले दुई गोल गरेका थिए भने मानेले एक गोल।

फिर्ता भएको हो सालाह-माने-फर्मिनो ट्रियो ?

मंगलबारको खेलसँगै सालाह-माने-फर्मिनो ट्रियो फिर्ता भएको चर्चा शुरु भएको छ। सालाह-माने-फर्मिनो ट्रियो लयमा देखिएसँगै लिभरपुल समर्थक उत्साहित भएका छन्। एकै खेलमा सालाह-माने-फर्मिनो ट्रियो फिर्ता भएको भनेर भन्न त मिल्दैन। तैपनि लिभरपुलका लागि तीनै खेलाडी राम्रो लयमा देखिनु पक्कै राम्रो सङ्केत हो।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१०:२९

पुन: रोनाल्डोको ओझेलमा परे मेस्सी !