काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। गएको तीन दिन देखिः लगातार घटिरहेको सुनको मूल्य आज पनि सामान्य रुपले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ८८ हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै घटेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८८ हजार २ सय ५० रुपैंयाँ कायम भएको छ।
यस अगाडी छापावाला सुन आइतबार ८९ हजार, सोमबार ८९ हजार ३ सय, मंगलबार ८९ हजार र बुधबार ८८ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८८ हजार ५ सय ५०, सोमबार ८८ हजार ८ सय ५०, मंगलबार ८८ हजार ५ सय ५० र बुधबार ८८ हजार ४ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।
सुन यस वर्षकै सस्तो
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य यस वर्षकै सस्तो रहेको छ। सुनको मूल्य गत वर्षको चैत २५ गते यताकै सस्तो रहेको महासंघले जनाएको छ। त्यसदिन छापावाला सुन ८८ हजार रुपैंयाँ र तेजाबी सुन ८७ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु ३५ ले घटेर ११ सय २० रुपैंयाँमा कारोबार भैरहेको छ।