एजेन्सी – मंगलबार च्याम्पियन्स लिगमा कसैले नसोचेको भयो। पहिलो पटक च्याम्पियन्स लिगमा भाग लिएको क्लबले १३ पटकको च्याम्पियन क्लबलाई स्तब्द बनायो। युइएफए च्याम्पियन्स लिगको समूह ‘डी’ को खेलमा रियल म्याड्रिड मोल्दोभाको एफसी सेरिफसँग स्तब्द भएको थियो। सबै भन्दा रोचक यो थियो कि, रियल आफ्नै घरेलु मैदानमा पराजित भएको थियो।
रियललाई हराउनेक्रममा सेवास्टिन थिलले निर्णायक गोल गरेका थिए। ८९औं मिनेटमा सेवास्टिन थिलले एडमा ट्राओरेको पासमा गोल गरेका थिए। त्यसअगाडी २५औं मिनेटमा डिजासुर याक्सिवाइभले गोल गरेका थिए भने ६५औं मिनेटमा बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेक थिए। बलमा राम्रो पकड भएपनि रियल हारेको थियो।
रियल माथि जित निकाल्दा निर्णायक बनेका उनै सेवास्टिनले पलमा पकड कम हुने भएका कारण आफूहरुले फरक रणनीति अपनाएको बताएका छन्। एक खेल मिडियासँग कुराकानी गर्नेक्रममा रियलसँगको खेलमा बलमा आफूहरु पकड कम हुने पहिला नै बुझेको र त्यहि अनुरुप रणनीति बनाएको सेवास्टिनले बताए। घरेलु लिग खेल्दा र च्याम्पियन्स लिग खेल्दा आफूहरु समान तरिकाले मैदानमा उत्रिने सेवास्टिनको भनाई छ।
“पहिलो समूह चरण को खेल पछि [शाख्तर डोनेट्स्क मा २-० को जीत] पछि हामीले हाम्रो खेल परिवर्तन गर्यौं किनकि हाम्रो बलमा राम्रो कब्जा थिएन।”,उनले भने।
पहिला नै आफूहरु रियल म्याड्रिड विरुद्ध बलियो रक्षारणनीति सहित उत्रने विषयमा स्पष्ट भएको उनले बताए। रियललाई गोल गर्ने स्पेस नै नदिएको र आक्रमण गर्दा आफूहरुले सठीक आक्रमण गरेको सेवास्टिन बताउँछन्।
डिफेन्समा ब्लक बनाउने र रियल म्याड्रिडका खेलाडीहरु डिफेन्स तोड्न अगाडी आउँदा खालि भएको ठाउँलाई ध्यानमा राख्दै आक्रमण गर्ने आफूहरुको रणनीति सफल भएको सेवास्टिनको भनाई छ। लामो पास खेल्ने भन्दा पनि छोटो पास खेल्दै रियलको डिफेन्स लाइन तोड्न आफूहरु पहिलो हाफमा सफल भएको उनी मान्छन्। तर दोस्रो हाफमा भने आफूहरुलाई धेरै कठिन भएको उनले बताए।
चर्चामा सेवास्टिन
रियल म्याड्रिड विरुद्ध गोल गरेपछि सेवास्टिन चर्चामा छन्। उनी सँग-सँगै उनको खुट्टा भएको ट्याटु पनि चर्चामा छ। सेवास्टिनले आफ्नो देब्रे खुट्टामा च्याम्पियन्स लिग खेल्दै गरेको सपना देखिरहेको ट्याटु बनाएका छन्। रियल म्याड्रिडको जित पछि सेवास्टिनको च्याम्पियन्स लिग प्रतिको प्रेमलाई सामाजिक संजालमा धेरैले सम्मान व्यक्त गरिरहेका छन्।