बच्चाहरु धेरैभन्दा धेरै समय आफ्नो अभिभावकसँग बिताउँछन्। राम्रो होस् वा नराम्रो , आमाबुवा उनीहरुको लागि हरेक चीजको उदाहरण हुन्छन्। आमाबाबुले आफ्नो सारा जीवन बच्चालाई सही कुरा सिकाउन बिताउँछन्, तर अनजानमा उनीहरुबाट बच्चाले केहि नराम्रो कुराहरु पनि सिक्छन् जसकारण बच्चाहरुमा नकारात्मक असर पर्छ।
बहस गर्नु : यदि तपाईको बच्चाले हरेक दिन बहस वा घरमा बारम्बार झगडा देख्छ भने उसको व्यवहार पनि हिंसात्मक हुन सक्छ। घरमा हुने झगडाको कारण उ आफैलाई मान्न थाल्छ। यदि अभिभावक कुनै पनि कुरामा विवाद गर्छन् भने त्यसलाई बच्चाको अगाडी नै सुल्झाउने कोसिस गर्नुहोला। यसबाट बच्चाहरुले केहि सिक्छन् कि कुनै पनि कुरा सजिलै सुल्झाउन सकिन्छ।
कुटपिट गर्ने : घरमा हुने कुनै पनि प्रकारको हिंसाले बच्चाको जीवन सधैँको लागि बिगार्न सक्छ। कुनैपनि प्रकारको हिंसा, चाहे अपमानजनक होस् वा शारीरिक,हुर्केका बच्चामा मानसिक रुपले गहिरो प्रभाव पर्छ। बच्चाहरु पहिले आफ्नो आमाबुबाबाट दुर्व्यवहार गर्न सिक्छन्। यस्ता बच्चामा ठुला भएपछि लागूपदार्थ वा अल्कोहलको लत लाग्ने सम्भावना हुन्छ।
कडा अनुशासन – आमाबाबुले आफ्ना बच्चालाई कसरी अनुशाषित हुन सिकाउछ्न् , त्यसले पनि बच्चामा प्रभाव पर्छ। जब आमाबाबुले जबरजस्ती बच्चालाई कुनै चीजमा दबाव दिन्छन् भने उसको व्यवहारमा परिवर्तन हुन थाल्छ र ऊ बिस्तारै आफ्नो आमाबुबा बाट टाढा जान थाल्छ। कडा अनुशासनले बच्चाहरु प्राय आक्रामक बन्छन् र यसले उनीहरुको दिमागमा नकारात्मक असर पर्छ।
समाज विरोधी हुन-शिकागो विश्वविद्यालयको एक अनुसन्धान अनुसार, यदि तपाई एक सामाजिक गतिविधिबाट टाढा रहने आमाबुबा हुनुहुन्छ भने तपाईको बच्चा पनि यस्तै हुन सक्छन्। बच्चाहरु आमाबुबाको बानी छिट्टै टिप्छन्। यस्ता बच्चाहरुको सामाजिक स्किल पनि खराब हुन्छ।
तनाव वा दबाव सहन नसक्नु : कुनै पनि खालको तनाव वा मानसिक दबावलाई कसरी अभिभावले लिन्छन् त्यसलाई सजिलै बच्चाहरुले सिक्छन्। यदि तपाई छिट्टै चिन्तित हुनुहुन्छ भने तपाईको बच्चामा पनि यो बानी सर्न सक्छ।