यी बलिउड नायिकाले गुलाबी ओठमा लगाए कालो लिपस्टिक, भूत भन्दै गरिए ट्रोल र गालीको वर्षा !

एजेन्सी – बलिउड स्टारहरू अक्सर आफ्ना कपडाका कारण आलोचित हुने गरेका छन्। फेसनको नाममा अलि भड्काउ कपडा अनि भद्दा मेकअप गर्दा उनीहरु ट्रोलको शिकार समेत हुने गरेको पाइन्छ।

विशेष गरेर बलिउडका नायिकाहरु सामाजिक संजालमा अलि बढी नै आलोचित भएको पाइन्छ। बलिउडमा केहि यस्ता नायिका पनि छन्, जो लिपस्टिकका कारण ट्रोल भएका छन्। त्यसमध्ये धेरै जस्तो नायिका कालो लिपस्टिक लगाएका कारण ट्रोल भएको पाइन्छ। गुलाबी ओठमा कालो लिपस्टिक लगाएर ट्रोल भएका बलिउड नायिका निम्न छन्।

दीपिका पादुकोण

लिपस्टिकका कारण ट्रोल हुनेमा दीपिका पादुकोण शिर्ष स्थानमा पर्छिन्। एकपटक दीपिका पादुकोण एक कार्यक्रममा पुगेकी थिइन्। त्यसक्रममा उनी कालो लिपस्टिकमा देखिएकी थिइन्। दीपिकाको उक्त रुप धेरैलाई मन परेन। फलस्वरूप उनको सामाजिक संजालमा व्यापक आलोचना भयो।

सारा अली खान

सारा अली खान पछिल्लो पुस्ताकी नायिका भएर पनि चर्चित छिन्। सारा सामाजिक संजालमा पनि सक्रिय छिन्। साराले सामाजिक संजालमा नियमित जस्तो तस्विरहरु सार्वजनिक गर्ने गर्छिन्। सारा कहिले काहिँ ट्रोलको शिकार समेत हुने गरेकी छन्। एकपटक उनले पनि कालो लिपस्टिक सहितको तस्विर सामाजिक संजालमा अपलोड गरेकी थिइन्। जसमा धेरैले नकारात्मक प्रतिक्रिया जनाए। केहिले त उनलाई भूत समेत भन्न भ्याए।

सोनम कपूर

सोनम कपूरलाई केहिले बलिउडकी सबै भन्दा फेसनेवल नायिका मान्छन्। तर फेसनका कारण सबै भन्दा बढी ट्रोल हुनेमा सोनम कपूर पर्छिन्। सोनम पनि कालो लिपस्टिकका कारण ट्रोल भैसकेकी छन्। सोनम एक पटक नभई कयौं पटक कालो लिपस्टिकका कारण ट्रोल भएकी छन्। तैपनि उनी धेरै अवसरहरुमा कालो लिपस्टिकमा देखिने गरेकी छन्।

प्रियंका चोपडा

प्रियंका चोपडा भारत र बलिउडमा मात्र नभई विश्वभर चर्चित छिन्। हलिउडमा समेत देखा परिसकेकी प्रियंका पनि फेसनका कारण विभिन्न समयमा ट्रोल हुने गरेकी छन्। एक पटक प्रियंका पनि कालो लिपस्टिकका कारण ट्रोल भएकी थिइन्। उनलाई पनि धेरैले भूत भन्दै ट्रोल गरेका थिए।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१६:१९

बलिउडमा चर्चित भएपनि ऋषिकेशमा भाँडा माझ्ने काम गर्थे यी अभिनेता !