ई.पि.एल.: ललितपुर पाईरेट्स र भैरहवा ग्लाडिएटर्स विचको खेल एकदमै प्रतिस्पर्धात्मक, तर बराबरीमै टुङ्गीयो

टियु मैदानमा भैरहेको एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज दिउँसो  भएको खेलमा ललितपुर पाईरेट्स र भैरहवा ग्लाडिएटर्स विचको खेल बराबरीमै टुङ्गीयो। निर्धारीत समयमा दुवै टिमको १७७ रन भएपछि खेल सुपर ओभरमा जानुपर्थ्यो तर प्रकाशको कमीलाई आधार बनाएर म्याच रेफ्रि तथा अन्य अफिसियलले खेललाई बराबरीमै टुङ्गयाउने निर्णय गरेपछि अत्यन्तै रोमान्चक खेलको अन्त्य खल्लो भयो ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको ललितपुरले निर्धारीत २० वोभरको खेलमा  ७ विकेट गुमाएर १७७ रनको बिशाल चुनौति प्रस्तुत गरेको थियो। ललितपुरका लागि सन्दुन विराक्कोडिले ५८, कप्तान कुशल भुर्तेलले २, ओशाडा फर्नानडोले २०, सन्दिप जोराले ३८, अज्मतुल्ला वोमारजायीले ४२, पवन शर्राफले १, योगेन्द्र सिंह कार्कीले ७ रन बनाएका थिए।

भैरहवाका लागि अविनाश बोहराले २ तथा धम्मिका प्रसाद, कृष्ण कार्की र आरीफ शेखले समान १ विकेट लिए।

जवाफमा १७८ रनको लक्ष लिएर मैदान प्रबेस गरेको भैरहवाले खेलको अन्तिम बल बाँकि छँदै ७ रन चाहिएको अवस्थामा कप्तान शरद भेस्वाकरले सानदार छक्का प्रहार गरेर खेललाई बराबरीमा टुङ्गयाएका थिए। भैरहवाका लागि प्रदिप अैरी र रोहित पौडेलले समान २, तमिम ईकबालले १४, उपुल थरङ्गाले ६७, आरीफ शेकले २८, कुशल मल्लले ३५ रनको योगदान दिएका थिए।

ललितपुरका लागि राशिद खानले ३ र रीजन ढकालले २ विकेट लिएका थिए।

यस खेलमा चितवन टाईगर्सका उपुल थरङ्गा प्लेयर अफ द म्याच घोसित भए।

खेलमा दुवै टिमले १-१ अंक बाँढेका छन।

 

प्रकाशित : बिहिबार, असोज १४, २०७८१७:५८

साफ च्याम्पियनसिप अगाडी किरणले भने- “हामी लडेर उपाधि जित्ने पूरा प्रयास गर्छौं, भरोसा राख्नुस्”