बर्खास्तीको मुखैमा कोम्यान, तैपनि भन्छन् मलाई खेलाडीको समर्थन छ !

एजेन्सी – बर्खास्तीको अन्तिम अवस्थामा रहेको बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले आफूलाई खेलाडीहरुको साथ र समर्थन रहेको बताएका छन्। च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा कोम्यानले यस्तो बताएका हुन्। पत्रकारहरुसँग कुराकानी गर्दै कोम्यानले बार्सिलोनाका खेलाडी र उनीहरुको मनोवृत्तिले आफूलाई समर्थन गरिरहेको बताए।

“मलाई मेरा खेलाडीहरु र उनीहरुको मनोवृत्तिले समर्थन गरेको महसुस हुन्छ। मलाई बाँकीको बारेमा थाहा छैन। मलाई क्लबको बारेमा थाहा छैन।”,उनले भने।

बेन्फिाकासँगको खेलमा बेहोरेको हारलाई स्वीकार गर्न नसकिने कोम्यानले बताए। बलमा राम्रो पकड भएर पनि हारेको खेलमा बार्सिलोनाले शट प्रहार गर्न सकेको थिएन। कोम्यानका अनुसार २-० को गोल हुँदा सम्म बार्सिलोनाले राम्रो खेलिरहेको थियो।

त्यस्तै कोम्यानले आफूलाई समय चाहिने पनि बताएका छन्। बार्सिलोना भित्रका धेरै कमजोरीहरुमा सुधार ल्याउन आफू लागिरहेको भन्दै उनले सुधार देखिन केहि समय लाग्ने बताए।

“परिवर्तन चाहने हो भने टीमलाई समय दिइनुपर्छ।”,उनले भने। मैदानमा हुँदा केहि कमजोरी देखिएको र ती कमजोरी टीमबाट हट्न समय लाग्ने कोम्यानको भनाई छ।

कोम्यानको भविष्य माथि प्रश्न

गएको केहि समय देखि कोम्यानको भविष्य लगातार चर्चामा छ। बार्सिलोनाले कोम्यानलाई बर्खास्त गर्न खोजेको कुरा स्पष्ट भइसकेको छ। बार्सिलोना एक राम्रो अवसरको पर्खाईमा मात्र रहेको बताइन्छ। पछिल्लो समय कोम्यान र बार्सिलोना अध्यक्ष जोआन लापोर्टा बीचको सम्बन्ध पनि त्यति राम्रो छैन।

प्रकाशित : बिहिबार, असोज १४, २०७८१६:५४

“रोनाल्डो प्रिमियर लिग बेस्ट भनेर भ्रममा नपर्नुस्, बेस्ट त सलाह हुन्”