रोनाल्डोले छाडेको युभेन्टससँग हार्यो चेल्सी, ट्रोल र मजाकको भयो वर्षा !

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा साविकको विजेता इंग्लिस क्लब चेल्सी समूह चरणको दोस्रो खेलमा पारजित भएको छ। चेल्सी इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको हो।

बलमा राम्रो पकड भएरपनि चेल्सीले युभेन्टसको डिफेन्स तोड्न नसक्दा हार चाख्यो। दोस्रो हाफको शुरुवातमै फेडरिको चिइसाले गरेको गोल नै चेल्सीका लागि काफी भयो।

एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलमा चेल्सी फिनिसिङमा चुक्यो। चेल्सीले खेलभर १६ शट प्रहार गरेको थियो। खेलको सातौ मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई युभेन्ट्सका गोलरक्षक वजनिएस सिजेस्नीले बचाएका थिए। ४५औं मिनेटमा मार्काेस अलन्सोको कर्नरमा थियागो सिल्भाको हेडर असफल भएको थियो। ८३औं मिनेटमा रोस बार्कलेले पासमा लुकाकुको प्रहार बारमा लाग्दै फर्कियो।

खेल अवधिभर धेरै अवसर प्राप्त भएपनि चेल्सीले सदुपयोग गर्न सकेन। चेल्सीलाई पराजित गरेसँगै युभेन्टस समूह ‘एच’को शिर्ष स्थानमा उक्लिएको छ, जबकी चेल्सी दोस्रो स्थानमा सिमित हुन पुगेको छ।

क्रिस्टियानो रोनाल्डोले छाडेपछि तुलनात्मक रुपमा कम्जोर मानिएको युभेन्टस विरुद्धको खेलमा हार बेहोरेसँगै सामाजिक संजालमा चेल्सीको व्यापक ट्रोल भइरहेको छ।

चेल्सीका समर्थकहरु लुकाकुको आलोचना गरिरहेका छन्। केहि चेल्सी समर्थक सामाजिक संजालमा लेख्छन्,”चेल्सी लुकाकु बिना नै बलियो र राम्रो थियो।” अर्का एक लेख्छन्,”धन्न युभेन्टसमा रोनाल्डो थिएनन्”

त्यस्तै केहिले चेल्सीको ओरालो यात्रा शुरु भएको भनेर पनि टिप्पणी गरेका छन्। ती मध्ये केहि आउने जनवरी सम्म हालका प्रशिक्षक थोमस तुचेल बर्खास्त हुन्छन् र नयाँ प्रशिक्षक नियुक्त हुन्छन् भन्दै चेल्सीको मजाक उडाइरहेका छन्।

https://twitter.com/JorJayh/status/1443317802790625280

 

 

https://twitter.com/yawdevil_/status/1443275455176581122

 

प्रकाशित : बिहिबार, असोज १४, २०७८१७:४१

यी ५ खेलाडी जसले ठूला तथा दबाब खेलमा अविश्वसनीय खेल्छन्, मेस्सी र रोनाल्डो टपमा !