अहिले नेपाली शेयर बजार बुलिस कि बियरिस?

पछिल्लो समय  नेपालको शेयर बजारमा पुनः उथल-पुथलको अवस्था देखिएको छ । नेपाली शेयर बजार १२०० बिन्दुबाट लगातार बढेर ३२ सय २७ को बिन्दमा पुगेको थियो। तर  फेरी ओरालो लाग्दै बिहिबार  २६ सय ३३ बिन्दुमा झरेर बन्द भएको छ । जसले गर्दा शेयर लगानीकर्ताहरु निराश बनेका छन्।

लगातार  यति धरै बजार घट्नुमा धेरै कारणहरू छन्  । मुख्य कारण एक व्यक्तिले शेयर धितोमा १२ करोड रुपैयाँ भन्दा बढी ऋण लिन नपाउने व्यवस्था भएको लगानीकर्ताहरुको सोचाई छ।

सामान्यतया  उच्च विन्दुबाट २० प्रतिशत तल झरेको अवस्थामा भने त्यसलाई वियरिस ट्रेण्ड भनिने गरिन्छ । तर यो वियरिस ट्रेण्ड कति समयको हो भनेर यकिनका साथ भन्न नसकिने बजारका जानकार बताउछन्।

साथै लगातार बढ्दो बजारलाई बुलिस भनिन्छ । अहिले बजारमा बुलिस कि बियरिस मध्ये कुन ट्रेण्ड छ भन्ने विषयमा आम मानिसको चासो रहेको छ। तर बुलिसको कुनै मापन नरहेको र वियरिसको पनि शुरुवात वा अन्त्य कुन बिन्दुबाट कहाँ गएर हुन्छ भन्ने अनुमान गर्न नसकिने बजारका जानकार बताउँछन् ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१३:०१

आयो अर्को मालामाल बनाउने आईपीओ, तपाईले भर्नुभयो?