सुआरेजले अझै भुलेका छैनन् बार्सिलोनामा भएको व्यवहार ! भन्छन् – ‘पालो सबैको आउँछ’

एजेन्सी – एट्लेटिको म्याड्रिडका स्टार स्ट्राइकर लुइस सुआरेजले बार्सिलोनामा हुँदा आफू माथि भएको व्यवहारलाई नभुलेको बताएका छन्। लालिगामा बार्सिलोनासँग भिड्नु अगाडी सुआरेजले गएको सिजन शुरु हुनु भन्दा अगाडी आफू माथि भएको व्यवहारलाई नभुलेको बताएका हुन्।

बार्सिलोना र एट्लेटिको म्याड्रिड बीचको खेल अगाडी एक मिडियासँग कुराकानी गर्दै सुआरेजले आफूलाई गएको सिजन भन्दा अगाडीको प्रि-सिजनमा एक्लै-एक्लै ‘ट्रेन’ गर्न पठाइएको खुलासा समेत गरे।

सुआरेजले सबैको पालो आउने पनि बताए। आफूलाई क्रोधित बनाउन बार्सिलोनाले एक्लै-एक्लै ट्रेनिङ गर्न पठाएको सुआरेजको भनाई छ। त्यसबेला आफू चुपचाप ट्रेनिङमा केन्द्रित भएको सुआरेजले स्मरण गरे।

“मैले गएको वर्षको प्रि-सिजन भुलेको छैन। उनीहरुले मलाई एक्लै ट्रेनिङमा पठाउँथे। उनीहरुले मलाई क्रोधित बनाउन त्यसो गरेको थिएँ। मैले एक्लै आफ्नो दममा ट्रेन गरेको खुलेको छैन।”,सुआरेजले बार्सिलोनामा भएको व्यवहारलाई सम्झिए।

बार्सिलोनामा भएको व्यवहारलाई सम्झिँदा सुआरेजले ‘कर्मा र भाग्य’लाई पनि सम्झिए। सबै कुराको एक अन्त्य हुने र सबैको पालो आउने सुआरेजले बताए।

“म व्यावसायिक थिएँ र मैले नरिसाई हरेक दिन एक्लै ट्रेनिङ गरें। मैले जे जसो भएपनि त्यसै गर्नु थियो। म त्यस्तै छु। भाग्यको खेला हो पालो सबैको आउँछ।”,सुआरेजले भने।

गएको वर्ष सुआरेज बार्सिलोनाबाट एट्लेटिको पुगेका थिए। बुढो भएको भन्दै उनलाई बार्सिलोनाका प्रशिक्षकले नराम्रो व्यवहार गरेका थिए। बुढो खेलाडीका लागि आफ्नो टीममा कुनै ठाउँ नरहेको बताउँदै उनलाई नयाँ क्लब खोज्न भनिएको थियो।

पछि एट्लेटिको म्याड्रिडले सुआरेजलाई किन्ने प्रस्ताव गरेको थियो। जसलाई बार्सिलोनाले स्वीकार्यो। गत सिजन लालिगा च्याम्पियन बन्द सुआरेजको भूमिका महत्वपूर्ण रह्यो।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१०:४३

च्याम्पियन्स लिगको नाम परिमार्जित गरेर ‘क्रिस्टियानो रोनाल्डो लिग’ राख्नु पर्ने रोनाल्डोको दाबी !