अक्टोबर महिना सुरु भएको छ। धेरै महत्वपूर्ण चाडहरु पनि यस महिनामा मनाइनेछ। शारदीय नवरात्र अक्टोबरको पहिलो हप्तामा शुरू हुनेछ। विजया दशमी चाडपर्व यस महिनामा मनाइनेछ। यस महिनामा न्यायका ग्रह शनि ग्रह पनि वक्री अवस्थाबाट मार्गी अवस्थामा प्रवेश गर्नेछ जसको प्रभाव सबै राशिमा पर्नेछ। शनिका साथै यस महिना सूर्य, बुध, शुक्र र मंगल ग्रहले पनि आफ्नो राशि परिवर्तन गर्दैछन्। यस्तो स्थितिमा अक्टोबर महिनामा धेरै राशिका मानिसहरु भाग्यशाली हुनेछन्। यस्तोमा यो महिना सबै १२ राशिका मानिसको लागि कस्तो रहनेछ त ? जान्नुहोस्…
मेष राशि
महिनाको सुरुवात केहि संघर्षपूर्ण हुनसक्छ। कार्यक्षेत्रमा बाधा उत्पन्न हुनसक्छ। यो अवधिमा गुप्त शत्रुसँग विशेष सावधान रहनु पर्नेछ। सोचेर सम्झेर मात्र पैसा खर्च गर्नुहोस्, अन्यथा आर्थिक समस्याले सताउन सक्छ। महिनाको उत्तरार्धमा बिस्तारै परिस्थितिहरु अनुकूल बन्न थाल्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीबाट भरपूर साथ सहयोग मिल्नेछ।
वृष राशि
यो महिना तपाईं लागि मिश्रित साबित हुनेछ। पदोन्नतीको योग रहेको छ। व्यापार व्यवसायमा प्रगति हुनेछ। महिनाको मध्यमा अत्यधिक कामको कारण दुबै शारीरिक र मानसिक थकान रहनेछ। महिनाको दोस्रो हप्तामा सामाजिक क्षेत्रमा नयाँ परिचय बढ्नेछ। महिनाको दोस्रो भागमा कार्यस्थलमा केहि कठिनाई हुन सक्छ। वैवाहिक जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। महिनाको अन्त्यमा सन्तानको चिन्ता बढ्न सक्छ।
मिथुन राशि
महिना तपाईंको लागि अत्यन्त शुभ रहनेछ। यो महिनाको शुरुवातमा विभिन्न स्रोतहरुबाट लाभको सम्भावना रहेको छ। कार्यक्षेत्रमा आएको विभिन्ना वाधा हटेर जानेछ। रोकिएका कार्य पनि यो समयमा सम्पन्न हुनेछ। प्रेम सम्बन्धमा सकारात्मक परिवर्तन देखिनेछ। महिला मित्रको सहयोगमा समस्याहरु समाधान हुनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ।
कर्कट राशि
अक्टोबर महिना कर्कट राशिका मानिसहरुको अत्यन्त शुभ रहनेछ। कार्यक्षेत्रमा पदोन्नतीको सम्भावना रहेको छ। व्यापार-व्यवसायको क्षेत्रमा अप्रत्याशित लाभ मिल्ने संकेत छ। आम्दानीका नयाँ स्रोतहरु सिर्जना हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। महिनाको मध्यमा एक लामो दूरीको यात्राको योग बन्न सक्छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ। वैवाहिक जीवनमा मिठास रहनेछ। आफन्तहरुसँग सकारात्मक व्यवहार बढ्नेछ।
सिंह राशि
अक्टोबर महिना सिंह राशिका मानिसहरुको लागि सौभाग्यको नयाँ ढोका खोल्न जाँदैछ। लाभका विभिन्न स्रोतहरु भेटिनेछन्। यस समयमा, परिवारका सदस्यहरुसँग सद्भाव र सहयोग बढ्नेछ। आवश्यक क्षेत्रमा नै धन खर्च हुने देखिन्छ। वाहन सुख पनि प्राप्त गर्न सकिन्छ। घरमा धार्मिक कार्यको आयोजना हुने सम्भावना रहेको छ। यदि तपाईं कुनै जग्गा वा घर किन्न वा बेच्न चाहानुहुन्छ, तब महिनाको दोस्रो भाग यसको लागि राम्रो हुनेछ।
कन्या राशि
कन्या राशिका मानिसहरुका लागि यो महिना उतार-चढाव वाला रहनेछ। कार्यक्षेत्रमा तपाईंको लागि समय अनुकूल नरहला। समग्रमा, आफ्नो काम गर्ने शैली परिवर्तन गर्ने प्रयास गर्नुहोस्। मानिसहरुको आडमा कुनै ठूलो निर्णय नलिनुहोस् र आफैंमा पूर्ण विश्वास गर्नुहोस्। आलस्यले सताउन सक्छ। दाम्पत्य जीवनमा केहि खटपट आउनसक्छ, सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, ध्यान दिनुहोला।
तुला राशि
तुला राशिका मानिस यो महिना अत्यन्त सतर्क रहनुपर्नेछ। महिनाको शुरुवातमा, गुप्त शत्रुहरु तपाईंको योजनाहरुलाई विफल पार्न षड्यन्त्र गर्न सक्छन्। कार्यक्षेत्रमा पनि विभिन्न कठिन चुनौतीको सामना गर्नुपर्नेछ। महिनाको मध्यमा, कडा मेहनत गरेर मात्र सफलताको योग बन्नेछ। यस समयको दौरान तपाईंमा आत्मविश्वासको कमी हुनेछ। यो समयमा तपाईंको प्रेम सम्बन्धमा पनि केहि समस्या आउनसक्छ। दाम्पत्य जीवनमा अ पनि मनमुटावको स्थिति उत्पन्न होला।
वृश्चिक राशि
तपाईंको लागि यो महिना त्यति शुभ नरहला। आलस्य छाडेर आफ्नो कार्यमा लगनशिल भएर लाग्यो भने ठूलो सफलता हात लाग्ने सम्भावना रहेको छ। कसैले उधारो दिएको धन उठ्न समस्या हुनसक्छ। भाइ-बहिनीको सम्बन्धमा केहि मनमुटाव उत्पन्न हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्यको हिसाबले पनि यो महिना त्यति राम्रो नरहला। यात्रा गर्दा विशेष सावधान रहन आवश्यक रहेको छ।
धनु राशि
तपाईंको लागि यो महिना मिश्रित फलदायी रहनेछ। महिनाको शुरुवात तपाईंको लागि संघर्षपूर्ण हुनसक्छ। यस समयमा, परिवारका सदस्यहरुसँग मतभेदको कारण समस्याहरु बढ्न सक्छ। यो महिना ढिलो नै भएपनि तपाईंले सफलता हात पार्नु हुनेछ। आफ्नो योजना गोप्य राखेर कार्य गर्नुहोस्, भरपूर लाभ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध मजबूत हुनेछ। जीवनसाथीसँग पनि राम्रो सम्बन्ध रहनेछ।
मकर राशि
मकर राशिका मानिसको लागि यो महिना मिश्रित रहनेछ। महिनाको शुरुवात अलि चुनौतीपूर्ण हुनेछ। साथीहरुसँग समायोजन गर्न नसक्दा मन दुखी रहनेछ। महिनाको दोस्रो भाग भने तपाईंको लागि अनुकूल रहनेछ। कार्यक्षेत्रमा परिस्थिति तपाईंको लागि अनुकूल हुँदै जानेछ। बुबाको स्वास्थ्यको कारण मनमा चिन्ता रहनसक्छ। रोकिएका कार्य भने यो समयमा पूरा हुने सम्भावना रहेको छ।
कुम्भ राशि
कुम्भ राशिका मनिसको लागि यो समय शुभ रहनेछ। पहिला रोकिएका कार्य सम्पन्न हुने योग रहेको छ। महिनाको दोस्रो हप्तामा सामाजिक क्षेत्रमा नयाँ पहिचान बन्नेछ। व्यापार-व्यवसायमा अप्रत्याशित प्रगति हुनेछ। सरकारी जागिरसँग सम्बन्धित व्यक्तिहरुको पदोन्नति हुनसक्छ। यस समयमा, अतिरिक्त पैसा आरामको चीजहरुमा खर्च गर्न सकिन्छ, तर आर्थिक स्थिति मजबूत नै रहनेछ।
मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि अक्टोबर महिनाको शुरुवात राम्रो हुनेछ। कार्यक्षेत्रमा वरिष्ठहरुबाट समर्थन हुनेछ र तपाईं आफ्नो लक्ष्य पूरा गर्न सक्षम हुनुहुनेछ। यस समयमा स्वास्थ्य लगभग ठीक हुनेछ। काममा सफलताले मनोबल बढाउनेछ। धार्मिक कार्यमा तपाईंको रुची बढ्नेछ। धार्मिक यात्राको पनि सम्भावना रहेको छ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ।