अक्टोबर महिना सुरु भएको छ। धेरै महत्वपूर्ण चाडहरु पनि यस महिनामा मनाइनेछ। शारदीय नवरात्र अक्टोबरको पहिलो हप्तामा शुरू हुनेछ। विजया दशमी चाडपर्व यस महिनामा मनाइनेछ। यस महिनामा न्यायका ग्रह शनि ग्रह पनि वक्री अवस्थाबाट मार्गी अवस्थामा प्रवेश गर्नेछ जसको प्रभाव सबै राशिमा पर्नेछ। शनिका साथै यस महिना सूर्य, बुध, शुक्र र मंगल ग्रहले पनि आफ्नो राशि परिवर्तन गर्दैछन्। यस्तो स्थितिमा अक्टोबर महिनामा धेरै राशिका मानिसहरु भाग्यशाली हुनेछन्। यस्तोमा यो महिना ५ राशिका मानिसको लागि अशुभ रहनेछ । जान्नुहोस्…
मेष राशि
महिनाको सुरुवात केहि संघर्षपूर्ण हुनसक्छ। कार्यक्षेत्रमा बाधा उत्पन्न हुनसक्छ। यो अवधिमा गुप्त शत्रुसँग विशेष सावधान रहनु पर्नेछ। सोचेर सम्झेर मात्र पैसा खर्च गर्नुहोस्, अन्यथा आर्थिक समस्याले सताउन सक्छ। महिनाको उत्तरार्धमा बिस्तारै परिस्थितिहरु अनुकूल बन्न थाल्नेछन्, जसले आत्मविश्वास बढाउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीबाट भरपूर साथ सहयोग मिल्नेछ।
कन्या राशि
कन्या राशिका मानिसहरुका लागि यो महिना उतार-चढाव वाला रहनेछ। कार्यक्षेत्रमा तपाईंको लागि समय अनुकूल नरहला। समग्रमा, आफ्नो काम गर्ने शैली परिवर्तन गर्ने प्रयास गर्नुहोस्। मानिसहरुको आडमा कुनै ठूलो निर्णय नलिनुहोस् र आफैंमा पूर्ण विश्वास गर्नुहोस्। आलस्यले सताउन सक्छ। दाम्पत्य जीवनमा केहि खटपट आउनसक्छ, सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, ध्यान दिनुहोला।
तुला राशि
तुला राशिका मानिस यो महिना अत्यन्त सतर्क रहनुपर्नेछ। महिनाको शुरुवातमा, गुप्त शत्रुहरु तपाईंको योजनाहरुलाई विफल पार्न षड्यन्त्र गर्न सक्छन्। कार्यक्षेत्रमा पनि विभिन्न कठिन चुनौतीको सामना गर्नुपर्नेछ। महिनाको मध्यमा, कडा मेहनत गरेर मात्र सफलताको योग बन्नेछ। यस समयको दौरान तपाईंमा आत्मविश्वासको कमी हुनेछ। यो समयमा तपाईंको प्रेम सम्बन्धमा पनि केहि समस्या आउनसक्छ। दाम्पत्य जीवनमा अ पनि मनमुटावको स्थिति उत्पन्न होला।
वृश्चिक राशि
तपाईंको लागि यो महिना त्यति शुभ नरहला। आलस्य छाडेर आफ्नो कार्यमा लगनशिल भएर लाग्यो भने ठूलो सफलता हात लाग्ने सम्भावना रहेको छ। कसैले उधारो दिएको धन उठ्न समस्या हुनसक्छ। भाइ-बहिनीको सम्बन्धमा केहि मनमुटाव उत्पन्न हुनसक्छ, सजग रहनुहोला। स्वास्थ्यको हिसाबले पनि यो महिना त्यति राम्रो नरहला। यात्रा गर्दा विशेष सावधान रहन आवश्यक रहेको छ।
मकर राशि
मकर राशिका मानिसको लागि यो महिना मिश्रित रहनेछ। महिनाको शुरुवात अलि चुनौतीपूर्ण हुनेछ। साथीहरुसँग समायोजन गर्न नसक्दा मन दुखी रहनेछ। महिनाको दोस्रो भाग भने तपाईंको लागि अनुकूल रहनेछ। कार्यक्षेत्रमा परिस्थिति तपाईंको लागि अनुकूल हुँदै जानेछ। बुबाको स्वास्थ्यको कारण मनमा चिन्ता रहनसक्छ। रोकिएका कार्य भने यो समयमा पूरा हुने सम्भावना रहेको छ।