ड्यानी मर्फीले म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जाडोन सान्चोलाई क्लबमा स्थापित हुनबाट रोकेको बताएका छन्। लिभरपुलका पूर्व मिडफिल्डरले क्लबको सुरुवाती ११ मा रोनाल्डो समावेश भएपछि सान्चो टिमबाट बाहिर धकेलिएको महसुस गरेका छन्।
टकस्पोर्टसँग कुरा गर्दा मर्फीलाई पूर्व म्यानचेस्टर सिटी स्टारको युनाइटेडमा ढिलो सुरुवातको बारेमा प्रश्न गरिएको थियो। “उनले थोरै संघर्ष गरेका छन् तर म चिन्तित छैन, जब कसैसँग निकै उत्कृष्ट प्रतिभा छ भने फरक पर्दैन। मलाई लाग्छ कि लय प्राप्त गर्न केहि समय लाग्छ,” उनले भने।
म्यानचेस्टर युनाइटेडमा रोनाल्डोको उपस्थितिको नकारात्मक प्रभावको बारेमा बोल्दै, मर्फीले भने,”मलाई लाग्छ उनी रोनाल्डोको कारण पीडित छन्, किनकि रोनाल्डोले धेरै खेलिरहेका छन्।”
क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडमा पुनरागमन हालसम्म धेरै राम्रो भएको छ। उनले क्लबका लागि सबै प्रतियोगिताहरुमा ५ खेलहरुमा च्याम्पियन्स लिगमा २ गोल सहित कुल पाँच गोल गरेका छन्। तर जेडन सान्चो भने क्लब आएदेखि नै सुरुवाती ११ मा स्थान बनाउन पनि संघर्ष गरिरहेका छन्। पूर्व डर्टमण्ड स्टारले यस सिजन दायाँ तथा बायाँ दुबै तर्फबाट खेलेपछि सफलता भने प्राप्त गर्न सकेका छैनन्।