एजेन्सी – रोनाल्ड कोम्यानको बार्सिलोनामा भविष्य धरापमा छ। लगातारको कम्जोर प्रदर्शन सँगै उनी बर्खास्तीको अन्तिम अवस्थामा छन्। बार्सिलोनाले उनलाई बर्स्खास्त गर्न भित्र -भित्र तयारी गरिरहेको छ। नयाँ प्रशिक्षक फेला पर्ने बितिकै उनी बर्खास्त हुने पक्का जस्तै छ।
कुनै एक समयमा लालिगा मात्र नभई च्याम्पियन्स लिगमा समेत बलियो प्रदर्शन गर्न सक्ने बार्सिलोना अहिले जुन अवस्थामा आइपुगेको छ, त्यसमा कोम्यानको पनि धेरै भूमिका छ। कोम्यानले लिएका विभिन्ना रणनीतिक निर्णयहरुका कारण बार्सिलोना यो अवस्थामा आइपुगेको भन्न सकिन्छ। स्पेनिस मिडिया मार्काले किम्यानले बार्सिलोना आएपछि गरेका ‘महापाप’हरुको सूची नै तयार पारेको छ।
मार्काका अनुसार खेलाडी माथि आक्रमण गर्नु, बार्सिलोनाको प्राकृतिक शैलीमा परिवर्तन गर्नु, जोआन लापोर्टासंग सद्भाव कायम गर्न नसक्नु, पराजयलाई सजिलै स्विकार्नु जस्ता कार्यहरु कोम्यानले गरेका सबै भन्दा ठूला पाप हुन्।
त्यति मात्रा होइन क्लबका अधिकारीहरुले हस्तक्षेप गर्दा त्यस विपरित जानुलाई पनि मार्काले कोम्यानले गरेको गल्तीको रुपमा उल्लेख गरेको छ। साथै कोम्यानले विभिन्न खेलाडीलाई भित्र्याउने समयमा पनि गल्ती गरेको मार्काको विश्लेषण छ। केहि खेलाडीहरुको विषयमा कोम्यानले जुवा नै खेलेको मार्कले आफ्नो समाचारमा उल्लेख गरेको छ।
हरेक पटक बार्सिलोना पराजित हुँदा त्यसलाई सहज रुपमा लिने कोम्यानको बानिका कारण पनि बार्सिलोना समस्यामा परेको मार्का दावी गर्छ। कोम्यानले च्याम्पियन्स लिगमा हारेपछि च्याम्पियन्स लिगमा चमत्कार हुँदा भनेर सोच्न नमिल्ने बताएका थिए।
सेभियाबाट बार्सिलोनाले लोनमा लूक डे जोङलाई भित्र्याएर कोम्यानले ठूलो गल्ती गरेको मार्काको बुझाई छ। लूक डे जोङलाई कोम्यानले पर्याप्त समय दिएपछि उनले मैदानमा सोचे जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्।