फकाएर किशोरीलाई भारतमा पुर्याई बेच्न खोज्दै थिए, प्रहरीकोमा खबर पुगेपछि पक्राउ !

काठमाडौँ – एक किशोरीलाई बेच्न भारततर्फ लैजाँदै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

प्रेमको नाटक गरी, मोवाईल किनि दिई तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाई अभिभावकबाट छुट्टाई नेपाल भारत बोर्डर रानी जोगबनी पुर्याएको भन्दै उजुरी परेपछि खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भण्डारीलाई बिहिबार पक्राउ गरिएको हो।

पक्राउ परेका भण्डारी विरुद्ध मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई पर्वत प्रहरीले आवश्यक अनुसन्धान शुरु गरिसकेको छ।

प्रकाशित : शुक्रबार, असोज १५, २०७८१५:१६

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प, महा भूकम्पपछिको ५५९ औं परकम्प !