काठमाडौँ – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोर्चुगल पठाइदिने भन्दै चार लाख रकम ठगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाल लाइफ रिक्रुमेन्ट एजेन्सी प्रालिका सञ्चालक शंकर लामा रहेका छन्। लामाले काभ्रेको बेथानचोक गाउँपालिका–६ बस्ने आशिष खत्रीलाई पठाउने भन्दै ठगेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी महाशाखाका अनुसार लामालाई बिहिबार नयाँबानेश्चरबाट पक्राउ परेका हुन्।
लामाले काभ्रे बेथानचोक गा.पा. ६ बस्ने आशिष थापालाई वैदेशिक रोजगारको लागि पोर्चुलग पठाई एग्रिकल्चरमा काम लगाई दिन्छु भनि विश्वास दिलाई आशिष थापाको सक्कल राहदानी, नागरिकता, फोटो, ब्यालेन्स सर्टिफिकेट, बैंक स्टेटमेण्ट समेत लिएका थिए।
लामाले आफूलाई ठगेको भन्दै उजुरी दिएपछि पक्राउ गरेर आवश्यक अनुसन्धान कारवाहीको लागि प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ।