असोज २२ गते सम्म यी राशि हुनेहरुलाई धेरै शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

सोमबारसम्म स्वास्थ्य प्रतिकूल भई त्यसैका लागि खर्च बढ्न सक्छ । त्यसपछिका दिन राम्रा खालका छन् । व्यापार–व्यवसायदेखि अन्य क्षेत्रसम्म सफलता मिल्ला । पढ्न र लेख्नतिर चाख बढिरहने छ । कर्मचारी वर्गका लागिसमेत व्यस्तता थपिने समय छ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

सुरुको दिनमा केही काम बने पनि बुधबारसम्मका दिन त्यति राम्रा छैनन् । स्वास्थ्य बाधा र कार्य बाधा दुवै सहनु पर्नेछ । सानो काम पूूरा गर्न पनि समय र पैसा बढी खर्च होला । सूर्य र गणेशको आराधना गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा नराम्रो छैन ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सोमबारसम्मका दिनहरू राम्रा खालका छन् । केही काम बन्नुका साथै आर्थिक लाभ पनि भइरहला । मङ्गलबारदेखि बाधा र व्यवधान निकै सहनुपर्ला । स्वास्थ्य पूूरा राम्रो रहने छैन । व्यापारी वर्गले समेत कम मात्र फाइदा पाउने छन् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

राम्रो खालको समय छ । खर्च बढे पनि गतिलो काममा हुनाले मानसिक चिन्ता पर्ने देखिन्न । सुरुका दिनमा इष्टमित्रसँग भेटघाट हुनुका साथै भोजभतेरमा समेत सरिक हुनुपर्नेछ । स्वास्थ्यको स्थिति राम्रै रहला । कोरा जागिरको काममा भन्दा अरू व्यावसायिक क्षेत्रमा फाइदा हुनेछ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

रमाइलो प्रशस्त गरिने छ र ठोस कामभन्दा मनोरञ्जनकै काममा बढी खर्च गरिएला । हाल पढाइ त्यति देखिँदैन । लेख्न बस्दा पनि अनेकौँ बाधा आइरहलान् । व्यापारसम्बन्धी कामबाट ठूलो फाइदा हुने स्थिति छैन । जागिरतिर भने राम्रै हुनसक्छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

मनमा अलिअलि शङ्का र भय भए पनि बिग्रने खालको समय छैन । शैक्षिकसम्बन्धी गतिला काम हुनसक्छन् । विद्यार्थी वर्गका लागि समय राम्रो छ । जागिरबाट पनि सन्तुष्टि नै होला । सुरुका दिनमा सोचेभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता पर्नेछ ।

तुला (रा रि रु रे रो ता ती तू ते)

आर्थिक स्थिति मध्यम रहला । ठूलो लाभ नभए पनि खास आर्थिक सङ्कट पर्ने देखिन्न । व्यवसायसम्बन्धी कामले फाइदा गराइरहला । शिक्षाको क्षेत्रमा भने त्यति ठूलो प्रगति देखिन्न । प्रेम वा विवाहको विषयमा हाल कुरा उठाउनु बेकार नै देखिन्छ ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

राम्रो खालको साता छ । पुराना बाँकी रहेका धेरै काम बन्नेछन् । मनमा भएका निराशाहरू बिस्तारै हटेर जानेछन् । मित्रवर्गबाट पनि राम्रै सहयोग पाउनु हुनेछ । विवाहसम्बन्धी कुरामा प्रगति हुनेछ । यात्राको सन्दर्भसमेत उठिरहला । व्यापारसम्बन्धी कामबाट हानि देखिन्न ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

सोमबारसम्मका दिन त्यति राम्रा छैनन् । मनमा शङ्का र निराशा बढी हुनाले ठोस खाले काम गर्न सकिने छैन । मङ्गलबारबाट भने त्यस्तो निराशा हटी केही गतिला अवसरहरूको प्राप्ति हुनसक्छ । नजिकका मित्रहरूभन्दा टाढाका मित्रबाट सहयोग पाइने छ ।

मकƒ (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)सुरुका दिन त्यति राम्रा देखिन्नन् । अनेकौँ बाधा र ́न् ́ट सहनु पर्नेछ । मित्र सहयोगले मात्रै तपाईंलाई टेवा देला । जागिरतिर मात्रै बढी भर नपर्नुहोस् । व्यवसायतिर लगाएको श्रम खेर जाने छैन । बिहीबारको बेलुकीदेखि भने सफलताको ́झल्को देख्न पाइने छ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

पनि पूरा सुदिनहरू आएका छैनन् । अनेकौँ ́न् ́टसँग सङ्घर्ष गर्नु पर्नेछ । बाधा दिनेहरू प्रशस्त छन् भने सहयोग गर्नेको सङ्ख्या साह्रै सीमित छ । व्यापारको क्षेत्रमा पनि ठूलो सफलता देखा पर्दैन । गणेश एवं सूर्यको नित्य आराधना गरिरहनुहोस् ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

त्यति नराम्रो साता होइन । पहिलेभन्दा स्थिति सुध्रिएकै छ । आयका स्रोतहरू बिस्तारै खुल्न जानेछन् । पढाइ र लेखाइ दुवैतिर गति चल्ला । मित्र सहयोग प्राप्त भइरहनेछ । व्यावसायिक कामबाट पनि थोरै मात्र भए पनि लाभ लिन सक्नुहुनेछ । नारायणको दर्शन गर्नुहोस् ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, असोज १६, २०७८१०:२२

आज अशोज १७ गते आईतबार,राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !