मेस्सी गएको दिन देखि आफ्नो खराब समय भएको कोम्यानले स्विकारे !

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्डो कोम्यानले क्लबबाट लियोनेल मेस्सी बिदा भएपछि आफ्नो खराब समय शुरु भएको स्विकारेका छन्। लालिगा अन्तर्गत एट्लेटिको म्याड्रिडसँग खेल्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा मेस्सीको बहिर्गमन पछि आफ्नो खराब समय शुरु भएको संकेत गरेका हुन्।

कोम्यानले मेस्सीको बहिर्गमन आफ्ना लागि सबै भन्दा खराब पल रहेको बताए। पत्रकारहरुले बार्सिलोनामा सबै भन्दा राम्रा पल र नराम्रा पल बारे प्रश्न गर्दा कोम्यानले भने,”सबैभन्दा राम्रो पल पक्कै पनि बार्सा कोच बन्ने अनुबन्ध पात्रमा हस्ताक्षर गर्नु थियो। सबैभन्दा खराब? लियोनल मेस्सीको बहिर्गमन”

पछिल्लो समय बार्सिलोनाले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकिरहेको छैन। जसकारणब कोम्यान लगातार आलोचित हुँदै आएका छन्। उनलाई बार्सिलोनाले बर्खास्त गर्ने भित्रि तयारी पनि गरिरहेको छ। पत्रकारहरुले अर्को प्रशिक्षक आएको खण्डमा बार्सिलोनामा सुधार होला भनेर प्रश्न गर्दा कोम्यानले अरु प्रशिक्षक बारे केहि भन्न नसक्ने बताए।

“मलाई थाहा छैन, के अर्को कोचका बारेमा मैले बोल्ने हो र ? क्लबमा धेरै युवा खेलाडी छन्। यहाँ सिस्टम बारे धेरै कुरा चलिरहेको छ। र यो किन भैरहेको छ भने यहाँ अन्य खेलाडीहरु पनि छन्। यदि मसंग पैसाको झोला हुन्थ्यो भने मेस्सी यहिं रहन्थे र अन्य खेलाडीहरुलाई पनि ल्याइन्थ्यो”,उनले भने।

आफूलाई कसैले केहि नभनेपनि आफूसंग कान र आँखा रहेको कोम्यानले बताए। बार्सिलोना भित्र के चर्चा चलिरहेको छ भन्ने बारे आफू जानकार रहेको संकेत गर्दै उनले आफूसँग कान-आँखा रहेको र सबै कुरा सुनिरहेको बताएको बुझिएको छ।

“मलाई कसैले केही भनेको छैन। बिहान अध्यक्ष पनि आएका थिए। त्यसबेला उनले पनि केहि भनेनन्।”,कोम्यानले भने,”कसैले केहि नभनेपनि मेरा कान र आँखा छन्। भित्र-भित्र के चलिरहेको सबै थाहा छ। “

त्यस्तै कोम्यानले बार्सिलोनाका केहि खेलाडीहरु चोटिल अवस्थाबाट मुक्त हुँदै गएको पनि जानकारी गराए। आक्रमणपङ्तीका खेलाडीहरु मैदानमा फर्किनेक्रममा रहेका कारण आशा गर्ने धेरै ठाउँ रहेको कोम्यानले बताए। गोल गर्ने मामलामा बार्सिलोना अलिबढी कम्जोर देखिएको उनको भनाई छ।

“हामी पर्याप्त क्लिनिकल हुनसकिरहेका छैनौँ। एट्लेटिको एक शटमै गोल गर्न सकिरहेका छन्। तर ४ शटमा पनि हामी गोल गर्न सकिरहेका छैनौं। फरक त्यहि छ।”,उनले भने।

प्रकाशित : शनिबार, असोज १६, २०७८१२:०२

म्यानचेस्टर युनाइटेड भर्सेस एभर्टन ! कसले मार्ला बाजी ?