म्यानचेस्टर युनाइटेड भर्सेस एभर्टन ! कसले मार्ला बाजी ?

एजेन्सी – समान अंक भएका म्यानचेस्टर युनाइटेड र एभर्टनबीच शनिबार प्रिमियर लिग खेल हुँँदैछ । युनाइटेडको मैदान ओल्ड ट्राफर्डमा खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ । ६ खेलको समाप्तीमा शीर्ष टोली लिभरपुलको १४ अंक छ भने दोस्रो देखि छैटौं सम्म रहेको टोलीको समान १३ अंक छ ।

गोलअन्तरका आधारमा म्यानचेस्टर सिटी दोस्रो, चेल्सी तेस्रो, युनाइटेड चौथो, एभर्टन पाँचौं र ब्रिगटन एन्ड होभ अल्बाइन छैटौं स्थानमा छ । सातौं स्थानको वेस्ट ह्याम युनाइटेडको ११ अंक छ । बुधबार च्याम्पियन्स लिगमा युनाइटेडले भिल्लारियललाई २–१ ले हराएको थियो । त्यसको ७२ घन्टा भन्दा कम समयमा युनाइटेडले एभर्टनको सामना गर्दैछ ।

आरोन वान विसाकाले एक पटक फेरि सुरुवात गर्ने सम्भावना छ । त्यस्तै टोलीका फरवार्ड मार्कस रासफोर्ड प्रशिक्षणमा फर्केका छन् । काँधको शल्यक्रियापछि रासफोर्ड पहिलो पटक प्रशिक्षणमा सामेल भएका हुन् । यद्दपी उनी अझैपनि म्याचका लागि भने फिट नभएको बताइएको छ ।

बिसन्चो र चोटका कारण लुक शाले च्याम्पियन्स लिगको खेल गुमाएका थिए । लेफ्ट ब्याकले आजको खेल पनि गुमाउने छन् । ‘लुकले पहिला भन्दा सहज महसुस गरेका छन् । तर पनि उनको काँधको चोट भने अझै बाँकी छ,’ प्रशिक्षक ओले गुनास सोल्साएरले भने, ‘हामीले उनका बारेमा निर्णय लिइसकेका छौं । मार्कुसले टोलीका साथ पहिलो पटक प्रशिक्षण गरेका छन् । उनी ठिक देखिएका छन् ।’

मार्कसले फिट हुनका लागि मेहनत गरेको जनाउँदै सोल्साएर भने, ‘तर पनि उनले भिडेर प्रशिक्षण गरेका छैनन् । अब काँधको अवस्था ठिकै छ । सम्भवत उनी अन्तर्राष्ट्रिय विश्रामपछि खेलका लागि ठीक हुनेछन् । युनाइटेडका कप्तान ह्यारी मगाएर पिडौंलाको दुखाईका कारण आजको खेलमा हुने छैनन् ।’

अघिल्लो शनिबार एस्टन भिल्लासँग पराजित भएको खेलका दौरान उनी घाइते भएका थिए । बुधबार खेल्ने सबै खेलाडी उपलब्ध हुनेछन् । प्रिमियर लिगको पछिल्ला खेलमा पराजित भएको युनाइटेडबाट क्रिस्टियानो रोनाल्डोले सुरुवात गर्ने निश्चित प्राय छ । उनकै निर्णयक गोलमा युनाइटेडले भिल्लारियमाथि जित निकालेको थियो ।

अर्कोतर्फ युनाइटेडको सामना गर्दा एभर्टनका नियमित सेटका चार खेलाडी नहुने प्रशिक्षक राफाल बेनिटेजले बताएका छन् । डोमिनिक कल्भर्ट लिविन र सिमोस कोलमने चोटग्रस्त छन् । ‘उनीहरुले विस्तारै अभ्यास सुरु गरेका छन्, तर खेलका लागि तयार छैनन्,’ बेनिटेजले भने । त्यस्तै रिर्चाल्सन र एन्ड्री गोमेस पनि युनाइटेडविरुद्ध खेल्ने छैनन् । एलेक्स लोवबी पनि खेल्नेमा शंका छ । यद्दपी इंग्ल्यान्डका गोलकिपर जोर्डन फिकफोर्ड भने फेर्कका छन् । मिडफिल्डर जिन पिरे पनि खेलका लागि फिट भएका छन् ।

प्रकाशित : शनिबार, असोज १६, २०७८१५:५५

एम्बाप्पे जुनै पनि हालतमा रियल आउने बेन्जेमाको खुलासा, एम्बाप्पे आफैंले लुसुक्क यसो भनेका रहेछन् !