ग्रहचक्रमा एकैदिन भयो दुई ठूला परिवर्तन, यी तीन राशिलाई अति शुभ !

ग्रह्चक्रका दुई महत्वपूर्ण ग्रहले राशि परिवर्तन गरेका छन्। असोज १६ गते शनिबारका दिन शुक्र र बुधले राशि परिवर्तन गरेका हुन्। शनिबार बिहान १० बजेर १५ मिनेट पश्चात शुक्र ग्रह तुलाबाट वृश्चिक राशिमा प्रवेश गरेको छ भने शनिबार बिहान २ बजेर ४७ मिनेटमा बुध ग्रह कन्या राशिमा फिर्ता भएको छ। ग्रहचक्रमा एकैदिन भएका दुई परिवर्तनले सम्पूर्ण राशिलाई प्रभाव पार्नेछ। ज्योतिषीहरुका अनुसार दुई ग्रहले गर्ने राशि परिवर्तनको सबै भन्दा नकारात्मक प्रभाव निम्न तीन राशिलाई पर्नेछ ।

वृश्चिक राशि

यस राशि परिवर्तनको अवधिमा वृश्चिक राशि भएका मानसिको जीवनमा खासै राम्रो प्रभाव नपार्ने भएको छ । वृश्चिक राशिको मानिसलाई आर्थिक अभाव हुनसक्छ । स्वास्थ्यमा सुधार हुन् समय लाग्न सक्छ । आम्दानी भन्दा खर्च बढी हुनेछ । काममा विभिन्न किसमको समस्या आउन सक्छन् ।

धनु राशी

हातमा परिसकेको धन गुम्न सक्छ । काममा सहकर्मीबाट धोका हुनसक्छ । काम सम्पन्न हुनमा विलम्ब हुनसक्छ । सरकारी क्षेत्रमा गरेको कममा अपजस आउन सक्छ । यस अवधिमा व्यवसाय बिस्तार गर्नबाट टाढा रहनुहोला ।

कुम्भ राशी

परिवारमा कलह बढ्न सक्छ । कार्य क्षेत्रमा विवाद हुने सम्भावना भएको हुँदा बोलीमा संयमता अपनाउनु होला । कार्य सम्पादनमा ढिला हुनसक्छ । वाहनको उपभोग गर्दा विशेष सावधानी अपनाउनु होला । सामाजिक रुपमा झुटो आरोप लाग्न सक्छ सचेत रहनुहोला ।

प्रकाशित : शनिबार, असोज १६, २०७८१७:२५

शुक्र ग्रहले गर्यो राशि परिवर्तन, यी ३ राशिलाई अत्यन्त अशुभ, कुन-कुन ?