विराटनगर वारयिर्सले काठमाडौँमा भैरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शनिबार पोखरा राइनोजलाई १ सय ७३ रनको लक्ष्य दिएको थियो ।
टस जितेर पोखराले विराटनगरलाई ब्याटङिको निम्तो दिएको थियो। निर्धारित २० ओभरमा विराटनगरले ५ विकेट गुमाई १ सय ७२ रन बनायो।
विराटनगरका लागि चन्द्रपाल हेमराजले २ , दिलशान मुनाविराले १६, आरफि शेखले ४४, अनलि शाहले १२, सकिन्दर राजाले २९,कप्तान करण केसीले २४ र सन्दीप रजालीले २८ रन बनाए । केसी र रजालीले अन्तिम २ ओभरमा ३५ रन जोडेर विराटनगरलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए।
पोखराका लागि विक्रम शोबले २, नन्दन यादव, विवेक यादव र सहन आराच्चिगेले समान १ विकेट लिए।
१७३ रनको विशाल लक्ष लिएर मैदान उत्रेको पोखराले खेल सकिन २० वल बाँकि छँदै तिन विकेटको क्षतीमा जित हासिल गर्यो। पोखराका लागि रिचर्ड लेभिले ४७, रित गौतमले ५, सहन आराच्चिगेले ४३, कप्तान विनोद भन्डारीले १५ र असेला गुनरत्नेले ५० रनको योगदान दिए।
विराटनगरका लागि प्रतिस जिसी, शिकन्दर राजा र हरी चौहानले समान १ विकेट लिएका थिए। वसन्त रेग्मि र करण केसि निकै महंगा साबित भएका थिए।
खेलमा पोखराका सहन आराच्चिगे प्लेयर अफ द म्याच घोषित भएका थिए।
त्यसतै बिहान हुने भनिएको काण्माडौँ किंग्स ११ र भैरहवा ग्लाडियटर्स बीचको खेल पुनः गीलो मैदानको कारण रद्द भएको छ ।