हप्ताको पहिलो दिन नै बढ्यो सुनको मूल्य, ११ दिन यताकै महँगो भयो !

काठमाडौँ – हप्ताको पहिलो दिन नै सुनको मूल्य बढेको छ। गएको हप्ता केहि दिन लगातार घटी पुनः बढ्न थालेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ८९ हजार ८ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ ​सय रुपैंयाँले नै बढेको छ। यससँगै नेपाली बजारमा तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैंयाँ कायम भएको छ।

सुन असोज ६ गते यहाँकै महँगो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा कायम भएको सुनको मूल्य असोज ६ गते अथवा ११ दिन यताकै महँगो रहेको छ। त्यसदिन पनि सुन आजकै मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य रु २० ले बढेर ११ सय ६० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१०:५२

पुन: ओरालो लाग्यो नेप्से परिसूचक, यी ५ कम्पनीका लगानीकर्ता भने भए मालामाल !