एभर्टनका विंगर एन्ड्रोस टाउनसेन्डले क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी गोल गरेपछि ‘सिउउ’ सेलिब्रेसन गरेका छन्। शनिबारको खेल बेन्चमा रहेर सुरुवात गरेका रोनाल्डो दास्रो हाफमा मैदान प्रवेश गरेसँगै एभर्टनले टाउनसेन्डको गोल मार्फत बराबरी गोल फर्काएको थियो जसपछि एभर्टन स्टारले रोनाल्डो कै ‘सिउउ’ सेलिब्रेसन गर्दै गोलको खुसी मनाए।
च्याम्पियन्स लिगमा भिल्लारियल विरुद्ध पूरै ९० मिनेट खेल्दै विजयी गोल गरेका रोनाल्डोले शनिबारको खेल भने बेन्चमा रहेर सुरु गरेका थिए। ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डो युनाइटेड १-० ले अग्रता लिएको अवस्थामा मैदान प्रवेश गरेका थिए। तर एन्थोनी मार्सियलले दिएको अग्रता रोनाल्डो प्रवेश भएको लामो समय टिकेन। टाउनसेन्डले उक्त अग्रता टिक्न दिएनन्।
युनाइटेड गोलकिपर डेभिड डे जियाको गोलमा जाली चुमाउना साथ एभर्टन विंगर कर्नर फ्ल्यागतर्फ गरेर खुसी मनाए। बिटी स्पोर्टको क्यामेराले खिचे अनुसार उनले रोनाल्डोको निकै प्रसिद्ध ‘सिउउ’ सेलिब्रेसन गर्दै युनाइटेड विरुद्ध गरेको गोलको खुसी मनाए।
Andros Townsend really did the Ronaldo celebration at Old Trafford in front of the man himself 👑 https://t.co/ltMaEy3pwS
— GOAL (@goal) October 3, 2021
प्रशंसकहरु टाउनसेन्डको यस सेलिब्रेसनको बारेमा प्रतिक्रिया जनाएका छन् र उनीहरुलाई लाग्छ कि यस्तै कर्तुतले प्रिमियर लिगलाई विशेष बनाउँछ।
युनाइटेड र एभर्टनको समान १४ अंक पुगेको छ। एक खेल कम खेलेको लिभरपुल समान १४ अंकका साथ शीर्षस्थानमा छ। युनाइटेड दोस्रो र एभर्टन तेस्रो स्थानमा उक्लेका छन्।