शनिबार एट्लेटिको मड्रिडसँग २-० ले पराजित भएपछि बार्सिलोन डिफेन्डर जेरार्ड पिकले क्लब यस सिजनको सुरुवात मै निकै संघर्ष गरिरहेको स्वीकार गरेका छन्।
क्लबको बोर्ड देखि नै समस्या रहेको महशुस गरेका पूर्व म्यानचेस्टर युनाइटेड डिफेन्डरले आफ्नो टोलीले जीतको लागि आवश्यक पर्ने पयाप्त अवसर सिर्जना गर्न नसकेको स्पष्ट पारेका छन्। “हामीले राम्रो सुरुवात गरेका थियौं, हामीले उनीहरुलाई पछि पारेका थियौं, हामी साहसी थियौं, तर जब उनीहरु हामी माथि हावी भए उनीहरुले थोरै अवसरबाट दुई गोल गरे र, तब देखि, हामी तीन घण्टा खेलेको भए पनि गोल गर्न सक्दैनथ्यौं,” पिकेले भने।
स्पेनिस डिफेन्डरले थपे,”मुद्दा गाह्रो छ। यो जटिल छ। हामी पीडित छौं, म इमान्दार हुनु पर्छ। दुबै गोल समान जस्ता थिए। हामीले यसको बारे चर्चा गर्नेछौं। हामी कसैले नखाने तरिकाको गोल खाँदैछौं। अब झन् कडा मेहनत गर्नुपर्छ र राम्रो खेलका साथ मैदानमा फर्किनु पर्छ।”
शनिबारको खेलमा लुइस सुआरेजको गोलले २-० को अग्रता बनाएपछि पिके र सर्जियो बुस्केट्सबीच केहि बहस भएको पनि देखियो। डिफेन्डरको गल्तीबाट म्याड्रिडले दोस्रो गोल गर्न सफल भएको भन्दै यसबारे खेलपछि बहस हुने पनि पिकेले बताए।
बर्खास्तीको मुखमा रहेका प्रशिक्षक रोनाल्ड कोम्यान र क्लब अध्यक्ष जोआन लापोर्टा बीच जारी गर्मा-गर्मी बारे खेलाडीहरु संलग्न नहुन पिकले जोड दिए। “हामी खेलाडी यसमा संलग्न हुनु हुँदैन,” उनले भने।