ग्रहचक्रमा ठूलो उथलपुथल, कुन राशिमा कस्तो रहला यसको प्रभाव ? जान्नुहोस् !

ग्रहहरुमा भव्यता र सुखद जीवन को प्रतिनिधित्व गर्ने महान ग्रह शुक्र २ अक्टोबर बिहान ९:५९ मा तुलाको यात्रा समाप्त गरी वृश्चिक राशिमा प्रवेश गरेको छ। यस राशिमा शुक्र ग्रह ३० अक्टोबरसम्म रहनेछ। त्यसपछि यो धनु राशिमा प्रवेश गर्नेछ। वृष र तुला राशिको स्वामी शुक्र कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। शुक्र ग्रहको गोचरको प्रभाव सबै १२ राशिमा कस्तो पर्नेछ त ? हेर्नुहोस्…

मेष राशि

राशिको आठौँ भावमा प्रवेश गर्ने शुक्र ग्रहको प्रभाव तपाईंको लागि शुभ नरहला। तर तपाईंको मान-सम्मान भने बढ्ने देखिन्छ। प्रेम सम्बन्धि मामिलामा उदासीनता रहनेछ। यस अवधिमा आर्थिक नोक्सानीबाट बच्नुहोस्। कसैलाई धेरै पैसा उधारो नदिनुहोस्। स्वास्थ्यप्रति सजग रहनुहोस्। वैवाहिक जीवनमा कटुता आउन नदिनुहोस्। कार्यक्षेत्रमा षडयन्त्रको शिकार हुनबाट बच्नुहोस्।

वृष राशि

स्वामी ग्रह शुक्र राशिको सातौँ भावमा प्रवेश गर्दा यसको प्रभाव तपाईंको लागि अत्यन्त शुभ रहनेछ। सरकारी क्षेत्रका मानिसको लागि यो समय शुभ रहनेछ। विवाह सम्बन्धि वार्ताहरु पनि सफल हुनेछन्। दाम्पत्य जीवनमा मिठास रहनेछ। ससुराली पक्षबाट सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। विद्यार्थी वर्गको लागि यो समय निकै अनुकूल रहने देखिन्छ।

मिथुन राशि

राशिको छैठौं भावमा प्रवेश गर्ने शुक्रको प्रभाव यस राशिका मानिसको लागि मिश्रित रहनेछ। साथीहरु तथा आफन्तहरुबाट अप्रिय समाचार प्राप्त हुने सम्भावना रहेको छ। वैदेशिक क्षेत्रमा सेवाका लागि आवेदन दिन चाहनुहुन्छ भने समय अनुकूल रहेको छ। विलासिताका सामानहरुमा बढी खर्च हुनेछन्। आर्थिक समस्याले सताउन सक्छ। ऋणको रूपमा कसैलाई धेरै पैसा नदिनुहोस्, अन्यथा नोक्सान हुनसक्छ।

कर्कट राशि

राशिको पाँचौं भावमा प्रवेश हुने शुक्र ग्रहको प्रभाव यस राशिमा निकै शुभ रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। सन्तान प्राप्तिको योग पनि रहेको छ। विद्यार्थीहरुलाई शिक्षा र प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त हुनेछ। प्रेमको मामिलामा प्रगाढता आउनेछ। यदि तपाईं प्रेम विवाह गर्न चाहानुहुन्छ भने अवसर अनुकूल रहेको छ। आम्दानीको स्रोत बन्नेछ। उच्च अधिकारीहरुसँग सम्बन्ध सुदृढ हुनेछ।

सिंह राशि

राशिको चौंथो भावमा प्रवेश गर्ने शुक्रले यस राशिका मानिसलाई थुप्रै सफलता दिलाउनेछ। विलासी सामान प्राप्त हुनेछ। यदि तपाईं घर वा वाहनसँग सम्बन्धित कुनै निर्णय लिनको लागि कोशिश गर्दै हुनुहुन्छ, तब अवसर राम्रो छ। आफ्नो ऊर्जाको पूरा उपयोग गर्नुहोस्। साथीहरु र आफन्तहरुबाट शुभ समाचार प्राप्त गर्ने सम्भावना रहेको छ। यात्रा गर्दा भने सावधान रहनुहोला।

कन्या राशि

राशिको तेस्रो भावमा प्रवेश गर्ने शुक्रको प्रभाव मिश्रित हुनेछ। प्रेम मामिलामा उदासीनता बढ्न सक्छ। आफ्नो जिद्द र आवेश नियन्त्रण गर्नुहोस्। धर्म र अध्यात्ममा गहिरो चासो रहनेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएको प्रयास सफल हुनेछ। तपाईंको निर्णय र कार्यहरुको पनि सराहना गरिनेछ।

तुला राशि

राशिको दोस्रो भावमा प्रवेश गर्ने शुक्रको प्रभाव तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। आर्थिक पक्ष बलियो हुनेछ। लामो समयको लागी दिइएको पैसा पनि फिर्ता हुनेछ। आकस्मिक धन आर्जन हुने सम्भावना रहनेछ। महिलाहरुको लागि समय अझ राम्रो हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस्। महँगा सामान किन्ने योग रहेको छ।

वृश्चिक राशि

शुक्र गोचरको प्रभाव यस राशिमा मिश्रित रहनेछ। आफ्नो कार्य योजना गोप्य राखेर काम गर्दा कार्य सफल हुने सम्भावना उच्च रहन्छ। अत्यधिक यात्राको कारण खर्च उच्च हुनेछ, यात्रा लाभदायक रहनेछ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ, ठूलो सफलता हात पर्ने सम्भावना रहेको छ। विद्यार्थी वर्गको लागि पनि समय अनुकूल रहनेछ।

धनु राशि

राशिको बाह्रौँ भावमा प्रवेश गर्ने शुक्रको प्रभावले अत्याधिक भागदौड मच्चाउँनेछ। विलासिताका सामानहरुको खरिदमा धेरै खर्च हुनेछ। स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्याले। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्छ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। कार्यक्षेत्रमा षड्यन्त्रको शिकार हुनबाट बच्नुहोला।

मकर राशि

राशिको एघारौं भावमा हुने शुक्रको गोचरले तपाईंलाई राम्रो फल दिनेछ। आय स्रोतहरु वृद्धि हुनेछ र सबै राम्ररी सोचिएको रणनीतिहरु पनि प्रभावकारी साबित हुनेछ। कुनै कार्य आरम्भ गर्न चाहनुहुन्छ भने समय शुभ रहेको छ। नयाँ सम्झौतामा हस्ताक्षर गर्नको लागि पनि यो समय अनुकूल रहेको छ। परिवारका वरिष्ठ सदस्यहरु र ठूला भाइहरु बीच मतभेद उत्पन्न हुन नदिनुहोस्।

कुम्भ राशि

राशिको दशौँ भावमा प्रवेश गर्ने शुक्रको प्रभावले तपाईंको गरिमा बढ्नेछ। सरकारी क्षेत्रका मानिसको लागि समय अनुकूल रहनेछ। परिवारमा शुभ कार्यको अवसर आउन सक्छ। सम्पत्ति सम्बन्धि मामिलाहरुको समाधान हुनेछ। यदि तपाईं घर वा वाहन किन्न कोशिश गर्दै हुनुहुन्छ भने अवसर अनुकूल रहनेछ।

मीन राशि

राशिको नवौं भावमा प्रवेश गर्ने शुक्रको प्रभाव तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। धार्मिक मामिलामा रुचि बढ्नेछ। धार्मिक संस्थाहरु र अनाथालयहरु आदि मा परोपकार र दान पनि गरिनेछ। विदेशी मित्र वा आफन्तहरुबाट सहयोगको योग रहेको छ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१८:०८

करिब ५ महिनापछि ग्रहचक्रमा शनिको ठूलो परिवर्तन, यी ३ राशिलाई अत्यन्त नै शुभ !