ग्रहहरुमा भव्यता र सुखद जीवन को प्रतिनिधित्व गर्ने महान ग्रह शुक्र २ अक्टोबर बिहान ९:५९ मा तुलाको यात्रा समाप्त गरी वृश्चिक राशिमा प्रवेश गरेको छ। यस राशिमा शुक्र ग्रह ३० अक्टोबरसम्म रहनेछ। त्यसपछि यो धनु राशिमा प्रवेश गर्नेछ। वृष र तुला राशिको स्वामी शुक्र कन्या राशिमा नीच र मीन राशिमा उच्च मानिन्छ। शुक्र ग्रहको गोचरको प्रभाव यी ६ राशिमा अत्यन्त शुभ रहनेछ……
वृष राशि
स्वामी ग्रह शुक्र राशिको सातौँ भावमा प्रवेश गर्दा यसको प्रभाव तपाईंको लागि अत्यन्त शुभ रहनेछ। सरकारी क्षेत्रका मानिसको लागि यो समय शुभ रहनेछ। विवाह सम्बन्धि वार्ताहरु पनि सफल हुनेछन्। दाम्पत्य जीवनमा मिठास रहनेछ। ससुराली पक्षबाट सहयोग मिल्नेछ। लामो समयदेखि रोकिएको काम पूरा हुनेछ। विद्यार्थी वर्गको लागि यो समय निकै अनुकूल रहने देखिन्छ।
कर्कट राशि
राशिको पाँचौं भावमा प्रवेश हुने शुक्र ग्रहको प्रभाव यस राशिमा निकै शुभ रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। सन्तान प्राप्तिको योग पनि रहेको छ। विद्यार्थीहरुलाई शिक्षा र प्रतिस्पर्धामा राम्रो सफलता प्राप्त हुनेछ। प्रेमको मामिलामा प्रगाढता आउनेछ। यदि तपाईं प्रेम विवाह गर्न चाहानुहुन्छ भने अवसर अनुकूल रहेको छ। आम्दानीको स्रोत बन्नेछ। उच्च अधिकारीहरुसँग सम्बन्ध सुदृढ हुनेछ।
सिंह राशि
राशिको चौंथो भावमा प्रवेश गर्ने शुक्रले यस राशिका मानिसलाई थुप्रै सफलता दिलाउनेछ। विलासी सामान प्राप्त हुनेछ। यदि तपाईं घर वा वाहनसँग सम्बन्धित कुनै निर्णय लिनको लागि कोशिश गर्दै हुनुहुन्छ, तब अवसर राम्रो छ। आफ्नो ऊर्जाको पूरा उपयोग गर्नुहोस्। साथीहरु र आफन्तहरुबाट शुभ समाचार प्राप्त गर्ने सम्भावना रहेको छ। यात्रा गर्दा भने सावधान रहनुहोला।
कुम्भ राशि
राशिको दशौँ भावमा प्रवेश गर्ने शुक्रको प्रभावले तपाईंको गरिमा बढ्नेछ। सरकारी क्षेत्रका मानिसको लागि समय अनुकूल रहनेछ। परिवारमा शुभ कार्यको अवसर आउन सक्छ। सम्पत्ति सम्बन्धि मामिलाहरुको समाधान हुनेछ। यदि तपाईं घर वा वाहन किन्न कोशिश गर्दै हुनुहुन्छ भने अवसर अनुकूल रहनेछ।
मीन राशि
राशिको नवौं भावमा प्रवेश गर्ने शुक्रको प्रभाव तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। धार्मिक मामिलामा रुचि बढ्नेछ। धार्मिक संस्थाहरु र अनाथालयहरु आदि मा परोपकार र दान पनि गरिनेछ। विदेशी मित्र वा आफन्तहरुबाट सहयोगको योग रहेको छ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ।