एजेन्सी – केहि दिन अगाडी एक अन्तर्वार्ताका क्रममा उरुग्वेली फरवार्ड लुइस सुआरेजले बार्सिलोनामा आफू माथि भएको व्यवहार बारे विभिन्न खुलासा गरेका थिए। त्यसक्रममा गएको सिजन भन्दा अगाडीको प्रि-सिजनमा के कस्ता व्यवहार भएका थिए र बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले सम्म गरेका थिए भन्ने सबै सुआरेजले विस्तृत रुपमा बताएका थिए। कोम्यानले आफू माथि गरेका व्यवहारलाई स्मरण गर्दै सबैको समय आउने पनि सुआरेजले उल्लेख गरेका थिए।
“मैले गएको वर्षको प्रि-सिजन भुलेको छैन। उनीहरुले मलाई एक्लै ट्रेनिङमा पठाउँथे। उनीहरुले मलाई क्रोधित बनाउन त्यसो गरेको थिएँ। मैले एक्लै आफ्नो दममा ट्रेन गरेको खुलेको छैन।”,सुआरेजले बार्सिलोनामा भएको व्यवहार बारे भनेका थिए।
बार्सिलोनामा भएको व्यवहारलाई सम्झिँदा सुआरेजले ‘कर्मा र भाग्य’लाई समेत सम्झिएका थिए। सबै कुराको एक अन्त्य हुने र सबैको पालो आउने सुआरेजको भनाई थियो।
सुआरेजले भनेका थिए,””म व्यावसायिक थिएँ र मैले नरिसाई हरेक दिन एक्लै ट्रेनिङ गरें। मैले जे जसो भएपनि त्यसै गर्नु थियो। म त्यस्तै छु। भाग्यको खेला हो पालो सबैको आउँछ।”
सुआरेजको त्यो गोल
बार्सिलोनामा भएको व्यवहारलाई लिएर विभिन्न खुलासा गरेको केहि दिन नपुग्दै सुआरेजले शनिबार राति बार्सिलोना विरुद्ध गोल गरे। सुआरेजले बार्सिलोना विरुद्ध गोल मात्र नभई असिस्ट पनि दिएका थिए।
बार्सिलोना विरुद्ध गोल गरेपछि सुआरेजले माफी समेत मागे। पूर्वक्लब विरुद्ध गोल गरेपछि उनले हात जोड्दै माफी मागेका थिए। लगतै उनले फोन कल सेलीब्रेसन पनि गरेका थिए।
सुआरेजले गोल गरेपछि कोम्यानको अनुहार पनि हेर्न लायक थियो। सुआरेजको गोलपछि कोम्यानले हातले पुर्पुरो समाएका थिए। यति बेला सामाजिक संजालमा उक्त दृश्य भाइरल भैरहेको छ।
Koeman's reaction to Suarez's goal was full of regret 🤐 pic.twitter.com/YwGhm32as6
— ESPN FC (@ESPNFC) October 2, 2021
⚽️ Luis Suarez qui lâche un petit clin d’œil à Ronald Koeman, qui l’avait appelé au téléphone pour lui annoncer qu'il ne comptait plus sur lui 🤣#LigaSantander #AtletiBarca pic.twitter.com/DC1CUSUv8h
— Sports Share (@Sports_Share_FR) October 2, 2021
Koeman reaction to Luiz Suarez goal
😣 pic.twitter.com/6EYRQhvBEA— LynxSports (@LynxSports_) October 2, 2021