पछिल्लो २४ घण्टामा संक्रमितको भन्दा निको हुनेको सङ्ख्या दोब्बर भन्दा बढी !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९७ हजार १९२ पुगेको छ भने एन्टिजेन विधिबाट ९२ हजार ०३४ जनामा संक्रमण पुष्टि भएको छ।

थप ७ हजार ०७० जनाको पिसिआर परीक्षण तथा ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ५७४ तथा एन्टिजेनबाट १०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४२ लाख २८ हजार १६३ जना पुगेको छ । हालसम्म ७ लाख ६९ हजार २२४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ८०४ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ७ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार १६४  पुगेको छ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१७:१०

नेप्सेमा पहिरो: यी पाँच कम्पनीको शेयर मूल्य ह्वात्तै घट्यो !