आज अशोज १८ गते सोमबार, राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन ? हेर्नुहोस राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

घरमा साथीहरू तथा आफन्तहरूको आगमनले खुशीको वातावरण हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। यात्राको योग बन्नेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन उत्तम रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको आनन्द मिल्नेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कसैसँग मनमुटाव हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आउनसक्छ। मन पनि चिन्तित रहला। परिवारका सदस्य बीच मदभेद हुनसक्छ। श्रमको उचित सफलता नपाउँदा तपाईं निराश हुनुहुनेछ। दिन निकै खर्चिलो साबित हुनेछ। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सामाजिक, आर्थिक र पारिवारिक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। समाजमा प्रतिष्ठा बढ्नेछ। साथीहरुबाट लाभ हुनेछ र उनीहरुको लागि खर्च पनि हुनेछ। रमणीय यात्राको आयोजना हुनेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ। यदि तपाई जीवन साथीको खोजी गर्दै हुनुहुन्छ भने दिन शुभ छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

रोजगार तथा व्यवसाय क्षेत्रमा उच्च अधिकारीहरूको प्रोत्साहनले तपाईंको उत्साह बढ्नेछ। पदोन्नतिको योग रहेको छ। आमा र परिवारका अन्य सदस्यहरूसँग निकटता बढ्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। सरकारी काममा अनुकूलता रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आलस्य तथा थकान महशुस हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, विशेषगरी पेट सम्बन्धि समस्या रहला। रोजगार व्यवसायमा अवरोध आउनसक्छ। उच्च अधिकारीबाट टाढा बस्नु नै उत्तम हुन्छ। रिसलाई नियन्त्रण गर्न आवश्यक छ। धर्मिक यात्राको सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

क्रोधमा संयम राखुहोला, अन्यथा कसैसँग मनमुटाव हुनसक्छ। शत्रुसँग सावधान रहनु पर्नेछ। नयाँ कार्य सुरु गर्न दिन शुभ छैन। पानीबाट बच्नुहोला। अत्यधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहला। गूढ़ विद्या तथा रहस्यमय चीजहरुमा रुचि बढ्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

विपरित लिंगी वा प्रिय व्यक्तिसँगक्लो भेटले मन प्रशन्न रहनेछ। सामाजिक तथा सार्वजनिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारमा सुख-शान्तिमय वातवरण रहनेछ। मिष्ठान्न भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पारिवारिक शान्तिको वातावरणले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। निर्धारित कार्यमा सफलता पाउनुहुनेछ। माइती पक्षबाट लाभ मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। बिरामीहरूको स्वास्थ्यमा सुधार हुनेछ। कार्यक्षेत्रमा सहकर्मीबाट लाभ मिल्ने सम्भावना देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बच्चाहरूको स्वास्थ्य र शिक्षाको चिन्ता रहनेछ। पेट सम्बन्धि समस्याले सताउँछ। कार्य सफलता नमिल्नाले मन चिन्तित रहनेछ। क्रोधमा संयम राख्नुहोस्। साहित्य, लेखन तथा कला क्षेत्रमा रुचि बढ्नेछ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। प्रित व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। मनमा चिन्ताको भावना रहनेछ। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुहोला। महिला वर्गबाट हानि हुनसक्छ। धनहानि तथा मानहानि हुने सम्भावना रहेको छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अग्रज तथा साथी-भाईबाट लाभ मिल्ने सम्भावना देखिन्छ। आफन्तजनसँग आनन्दमय समय बित्नेछ। प्रिय व्यक्तिसँगको भेटले मन प्रशन्न रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थीक लाभ मिल्नसक्छ। सामाजिक क्षेत्रमा मान-प्रतिष्ठा बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक गतिविधिहरू सञ्चालन गर्नका लागि दिन शुभ छ। निर्धारित कार्यहरू पूरा हुनेछन्। आय बढ्नेछ। परिवारमा सुख-शान्तिको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। स्वादिष्ट भोजन मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग रहेको छ।

प्रकाशित : आइतबार, असोज १७, २०७८१८:४४

भोलि अशोज १९ गते मंगलबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !