ठुला भनिएका क्लबहरुको हार्ने क्रम जारी, बार्स भन्छ खुच्चिङ्ग

लालिगामा शिर्ष स्थानको रीयल मड्रिडले आज भएको खेलमा १३ स्थानमा भएको ईश्पेन्योलसँग २)१ को हार बेहोरेको छ। ईश्पेन्योललाई जित दिलाउन राउल डि टोमासले १७औँ तथा एलियाक्स भिदालले ६०औँ मिनेटमा गोल गरे भने रीयलका लागी करिम बेन्जेमाले सान्तोना गोल फर्काएका थिए।

त्यसतै लिगमा १०औँ स्थानमा रहेको बार्सिलोनाले आफ्नो हार्ने रुटिनलाई निरन्तर्ता दिँदै दोस्रो स्थानको एथ्लेटिको मड्रिडसँग २)०ले हार बेहोरेको छ। मड्रडिको जितमा थोमस लेमारले २३औँ मिनेटमा र लुईस सुवारेजले ४४औँ मिनेटमा गोल गरेका थिए। लुईस सुवारेजले आफ्नो भुपु क्लब बिरुद्ध् गोल गरेपछि सेलिब्रेट भने गरेनन्।

त्यसतै फ्रेन्च लिगमा शिर्ष स्थानको पि.एस.जिले १०औँ स्थानको रेन्निससँग २-०को हार बेहोरेको हो। मेस्सि सम्मिलित पि.एस.जि बिरुद्ध रेन्निसका गैटेन लाबोर्देले ४५औँ तथा फ्लेभिन टैटले हाफ् लगतै ४६औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाएका थिए। हारपछि पनि पि.एस.जि २३ अंक सहित लिगको शिर्ष स्थानमै रहेको छ।

उता बुन्डेस्लिगामा शिर्ष स्थानको बार्यन म्युनिकलाई २)१ गोल अन्तर इनर्ट्याच्ट र्फ्याङ्कफर्टले हराएको छ। बार्यनले लियोन गोरेज्काको गोलबाट २९औँ मिनेटमा अग्रता लिए पनि मार्टिन हिन्टरेगरको ३२औँ र फिलिप कोस्टिकको ८३औँ मिनेटको गोलको मद्दतले र्फ्याङ्कफर्ट बिजयी भएको थियो। खेलमा बार्यन हाबि भएतापनि जित्न भने सकेन।

 

प्रकाशित : आइतबार, असोज १७, २०७८२३:२५

बार्सिलोनाकै लयमा रियल म्याड्रिड पनि, एस्पान्योलसँग पराजित !