सिटी विरुद्ध सलाहले गरेको गोलको सर्वत्र चर्चा, भाइरल भए भिडियोहरु ! [भिडियो सहित]

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन्। प्रिमियर लिग उपाधिका मुख्य दाबेदार रहेका लिभार्प्पुल र सिटीले आइतबार राति २-२ गोलको बराबरी खेलेका हुन्।

धेरै नै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा सिटी हावी भयो। तर दोस्रो हाफमा भने लिभरपुलले सुधारिएको प्रदर्शन गर्यो। दोस्रो हाफमा कुल ४ गोल भएका थिए।

खेलको ५९औं मिनेटमा साडियो माने लिभरपुलका लागि पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। उनले मोहम्मद सलाहको पासमा गोल गरेका हुन्। त्यसको १० मिनेटमै सिटीका लागि फिल फोडेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले गाव्रियल जेससको पासमा गोल गरेका थिए ।

७६औं मिनेटमा सलाहले उत्कृष्ट गोल गर्दै लिभरपुललाई २-१को अवस्थामा पुर्याए। लिभरपुलको अग्रता धेरै समय टिक्न सकेन। ८१औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई जोगाए।

सलाहको उत्कृष्ट गोल

सिटी विरुद्धको खेलमा सलाह प्रभावशालि देखिए। पछिल्लो समय उच्च लयमा रहेका उनले सोहि अनुरुपको प्रदर्शन गरे। दुवै गोलमा सलाहको सहभागिता थियो। मानेलाई असिस्ट दिएका उनले ७६औं मिनेटमा उनले कर्टिस जोन्सले दिएको पासलाई गोलमा परिणत गरेका थिए।

पेनाल्टी क्षेत्र भन्दा बाहिर ३ खेलाडीबाट बल जोगाएर पेनाल्टी क्षेत्रमा प्रवेश गरेका सलाहले गोल गरेका थिए। पेनाल्टी क्षेत्रमा ५ सिटीका खेलाडी हुँदा पनि उनले आफ्नै दममा गोल गरे। सामाजिक संजालमा यति बेला सलाहको उक्त गोल चर्चामा छ।

 

प्रकाशित : सोमबार, असोज १८, २०७८१०:३५

साफ च्याम्पियनसिप: नेपाल र श्रीलंका बीच भिडन्त, नेपालमा लाइभ खेल कसरी हेर्ने ?