सलाहको गोलले क्लोपलाई चकित पार्यो ! भन्छन् – ‘यो गोलको ५०-६० वर्ष सम्म कुरा हुनेछ’

एजेन्सी – लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आइतबार प्रिमियर लिगमा सलाहले गरेको गोललाई विश्वस्तरीय भनेका छन्। म्यानचेस्टर सिटी विरुद्ध सलाहले गरेको गोललाई खेलपछि क्लोपले विश्वस्तरीय भनेका हुन्।

आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२को बराबरी खेलेका थिए। लिरभपुलका साडियो माने र मोहम्मद सलाहले गोल गर्दा म्यानचेस्टर सिटीका फिल फोडेन र केभिन ब्रुयनले गोल गरेका थिए।

आइतबार भएको दुवै गोलमा सलाहको भूमिका थिए। मानेलाई असिस्ट दिएका उनले ७६औं मिनेटमा उनले कर्टिस जोन्सले दिएको पासलाई गोलमा परिणत गरेका थिए। डिफेन्समा रहेका आठमध्ये ६ खेलाडीलाई ड्रिब्लिङ गर्दै छक्याउँदै सलाहले बललाई पोस्टको बाटो देखाए।

सलाहले गरेको उक्त गोल बारे बोल्दै क्लोपले सलाहले यस्ता विश्वस्तरीय गोल पहिला देखि नै गर्दै आएको बताए। सलाह विश्वस्तरीय खेलाडी रहेको र उनले गरेको गोल पनि विश्वस्तरीय रहेको क्लोपको भनाई छ।

सलाहको जस्तो गोल विश्वका उत्कृष्ट खेलाडीले मात्र गर्न सक्ने पनि क्लोपले बताए। उनले भने,”यस्तो गोल विश्वका उत्कृष्ट खेलाडीले मात्रै गर्न सक्छन्। सँगै त्यो गोल विश्वस्तरीय थियो।”

त्यस्तै क्लोपले सलाहले सिटी विरुद्ध गरेको गोलको संधैं लिभरपुलमा चर्चा हुने पनि बताए। उनका अनुसार सलाहको गोलको चर्चा ५०-६० वर्ष सम्म चल्नेछ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१२:४९

पूर्व फिफा रेफ्री खत्रीको निधन