सलाहको गोल बारे क्लोपले भने “मेस्सी वा रोनाल्डोले त्यो गोल गरेको भए भगवानले नै गरेको जस्तै गर्थे”

लिभरपुलका फरवार्ड मोहम्मद सलाहले प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटी विरुद्ध शानदार गोल गरे। रेड्स प्रशिक्षक जर्गन क्लोपले इजिप्टयन स्टारको उक्त अविश्वसनीय प्रयासको प्रशंसा गर्दै उनलाई विश्वस्तरीय खेलाडी भएको बताएका छन्।

खेलपछि उक्त गोलको बारेमा बोल्दै क्लोपले भने,”यो एक व्यक्तिगत गुण थियो कि जहाँ तपाईं सहि समय र सहि ठाउँमा साँच्चै भाग्यशाली हुनुपर्छ।”

रोनाल्डो वा मेस्सीले उक्त गोल गरेको भए उनीहरुको तारिफ गर्दै सामाजिक सञ्जालमा तरंग उत्पन्न हुने बताएका छन्। उनले भने,”यदि लियोनेल मेस्सी वा क्रिस्टियानो रोनाल्डोले त्यो गोल गरेको भने सारा संसारले उनीहरु विश्वस्तरीय भएकै कारण त्यो सम्भव भयो भन्ने गर्थे। सलाहले त्यो गोल गरे किनकि उनी एक विश्वस्तरीय खेलाडी हुन्। उनी विश्व कै सर्वश्रेष्ठ मध्ये एक खेलाडी हुन्।”

उनको आश्चर्यजनक प्रयास र प्रशंसाको बावजुद मोहम्मद सलाहलाई यस गोल बारे बोल्दा गोल भन्दा टोलीको जीत महत्वपूर्ण हुने बताएका छन्। “यो गोल अधिक विशेष हुने थियो यदि हामीले खेल जितेका थियौं भने। यो एक राम्रो गोल थियो, तर यसबारे धेरै भन्ने कुरा केहि छैन,” उनले भने।

प्रकाशित : सोमबार, असोज १८, २०७८१५:१०

एम्बाप्पेले पीएसजी छाड्न चाहेको आफैंले गरे सनसनीपूर्ण खुलासा, फ्रान्समा नबस्ने मन बनाइसकेछन्!