ज्योतिषशास्त्र अनुसार ग्रहहरुको चाल समय समयमा परिवर्तन भइरहन्छ, जसले सबै राशिहरुलाई प्रभावित गर्दछ। यी प्रभावहरु दुबै शुभ र अशुभ हुन्छन्। ग्रहहरुको राशि परिवर्तनको अलावा उल्टो र सीधा चालमा चल्छन्। क्रूर ग्रह मानिने शनि ग्रह अहिले मकर राशिमा वक्री गति तथा उल्टो चाल चलिरहेको छ। शनि ग्रह २३ मे २०२१ देखि मकर राशिमा वक्री गतिमा रहेको छ। अबको केहि दिनमा शनि ग्रहको चाल वक्री स्थितिबाट मार्गी चालमा बदलिनेछ। ११ अक्टोबर अर्थात असोज १९ गते शनि ग्रह मकर राशिमा १४१ दिनपछि मार्गी हुनेछ। शनि ग्रहमा मार्गी भएपछि यसको शुभ प्रभाव केहि राशिमा पर्नेछ। जान्नुहोस् यी राशिका बारेमा….
मिथुन राशि
यस राशिका मानिसको लागि शनि ग्रहको मार्गी चालका कारण अत्यन्त शुभ प्रभाव पर्नेछ। यस राशिमा शनिको छायाँमा रहिरहेको छ। विभिन्ना शुभ कार्य सम्पन्न हुनुका साथै शुभ समाचार पनि प्राप्त हुनेछ। बिरामी मानिसको स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। मान-सम्मानमा वृद्धि हुनेछ।
तुला राशि
मिथुनका साथै तुला राशिका मानिसमा पनि शनिको छायाँ परिरहेको छ। अब भने यस राशिका मानिसका लागि शुभ समय आरम्भ हुनेछ। जागिरमा पदोन्नति हुने योग रहेको छ। रोकिएका कामहरु पूरा हुन थाल्नेछन्। परिवारका सदस्यहरुको सहयोग प्राप्त हुनाले मानसिक सुख प्राप्त हुनेछ। व्यापारमा नाफा पहिलेको तुलनामा अधिक हुन सुरु हुनेछ।
धनु राशि
यस समयमा धनुमा शनिको क्रोध चलिरहेको छ। धनु राशिमा शनिको साढे सातीको अन्तिम चरण चलिरहेको छ। अबको समयबाट धनु राशिमा मानिसको जीवनमा राम्रो अवसरहरु आउन थाल्नेछन्। आर्थिक समस्याको अवधि धेरै चाँडै समाप्त हुनेछ, जसको कारण धनु राशिको मानिसको मुहारमा मुस्कान फिर्ता आउनेछ।