सोमबार बिहान बलिउड अभिनेत्री परिणिती चोपडा नेपाल आएकी छिन् । उनि चलचित्र छायांकनको लागि सोमबार बिहानको फ्लाइटमा नेपाल आएकी हुन्।
अभिनेत्री परिणितीसहित बलिउड कलाकारहरू अनुपम खेर, सारिका हसन, बोमन इरानी त्रिभुवन विमानस्थलमा बिहान करिब १० बजे अवतरण गरेका थिए । उनीहरु नेपालमा करिब ४० दिन रहने जनाइएको छ।
उनीहरु चलचित्र ‘उचाइ’ छायांकनको लागि नेपाल आएका हुन्। यस चलचित्र काठमाडौँ, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायत स्थानमा सुटिङ गरिनेछ । यस चलचित्रलाई कलाकार अनुपमले निर्देशन गर्दैछन्।
अभिनेता अनुपमले आफुहरु नेपाल आएको जानकारी दिदै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए।