पछिल्लो २४ घण्टामा १०३० कोरोना संक्रमित, एक हजार जना संक्रमणमुक्त !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप एक हजार ०३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ९८ हजार ००४ पुगेको छ भने एन्टिजेन विधिबाट ९२ हजार २९२ जनामा संक्रमण पुष्टि भएको छ।

थप ५ हजार ८९३ जनाको पिसिआर परीक्षण तथा ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ८१२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४२ लाख ३४ हजार ०५६ जना पुगेको छ । हालसम्म ७ लाख ७० हजार २२४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १६ हजार ६०६ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १० जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार १७४  पुगेको छ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१७:३१

अभिनेत्री परिणितीसहित यी बलिउड कलाकार आए नेपाल, ४० दिनसम्म बस्ने!