पारस शाहको कामदार काठमाडौंबाट पक्राउ!

काठमाडौं । पूर्व युवराज पारस शाहको कामदार काठमाडौंबाट पक्राउ परेका छन् । पारस शाहको  पोखरास्थित फ्ल्याटबाट सामान चोरेको आरोपमा कामदार शुभ गौतम काठमाडौंबाट पक्राउ परेका हुन्।

पारस शाहको फ्ल्याटबाट मोबाइल,आइप्याड, क्यामेरा लगायतका सामग्री चोरी गरेको आरोपमा बाराका शुभ गौतमलाई गोंगवु क्षेत्रबाट पक्राउ गरेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ ।

गौतमले २ दिन अगाडी पोखराको लेकसाइडमा रहेको फ्ल्याटबाट शाहको समान चोरेका थिए।

लागुऔषधसहित तीनजना पक्राउ
खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र गुरुङको साथबाट ९४० मिलिग्राम अफिम प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । पक्राउ परेकामाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि जिप्रका हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई गत शनिबार नै पक्राउ गरेको भए पनि आज मात्रै सार्वजनिक छ । प्रहरीले गत साउनमा अफिमसहित खाँदवारी–७ का जय चापागाई  पक्राउ गरेको थियो ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१८:४७

दसैँ मुखैमा आइपुग्दा पनि नखुलेको सुपथ मूल्यका पसल कहिलेबाट खुल्छ?