वाटफोर्ड आज क्लाउडियो रेनिएरीलाई आफ्नो नयाँ प्रबन्धक नियुक्त गर्नेमा आशावादी छन्। प्रिमियर लिग पक्षले आज बिहान इटालियन र उनका प्रतिनिधिहरुसंग वार्ता गरेका छन।
रेनिएरीले वाटफोर्डसँग दुई वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ। रेनिएरी, जसले २०१५-१६ को सिजनको दौरान लेसेस्टर सिटीबाट प्रिमियर लिग जितेका थिए, उनीहरु संग स्टाफका तीन सदस्यहरु लाई विकाराज रोड (Vicarage Road)मा ल्याउनेछन्।
प्रिमियर लिग सिजनको सात खेल पछि ६९ वर्षीय सिस्को मुनोजलाई वाटफोर्डले हालै बर्खास्त गरेको थियो।
रोमा मा जन्मेका रेनिएरीले १९८६ मा कोचिंग शुरू गरे पछि एक लामो र ऐतिहासीक व्यवस्थापकीय क्यारियर बनाईसकेका छन्। वाटफोर्ड उनको २२औं व्यवस्थापकीय नियुक्ति हुनेछ।उनले यसअघि प्रिमियर लिगमा चेल्सी, लेस्टर र फुलहमको जिम्मेवारी सम्हालीसकेका छन्। इटाली मा, उनले फियोरेन्टिना, पार्मा, रोमा, इन्टर मिलान र युभेन्टसको जिम्मेवारी सम्हालीसकेका छन्।उनको अन्तिम व्यवस्थापकीय काम स्याम्पडोरीयासंग थियो। अक्टूबर २०१९ मा सेरी ए क्लब मा शामिल भएका रेनिएरीले पुछारमा रहेको क्लबलाई सुरक्षित स्थानमा पुर्याए। त्यसपछि अर्को सिजनमा नवौं स्थानमा लिग सक्नमा उनकै हात थियो।
जिनो पोज्जो (Gino Pozzo) वाटफोर्ड को मालिक को रूप मा आफ्नो क्रूरताको लागी प्रसिद्ध छन्।
तर यो रिक्त स्थानसंग एक ठूलो, बोल्ड चेतावनी आउँछ - कि त मालिक पोज्जोलाई आकर्षक र सफल फुटबल पस्किनु वा नसोचेको समयमा बर्खास्तिको सामना गर्नु। विकाराज रोडको क्लब जब २०१५मा प्रिमियर लिगमा पदोन्नति भयो, त्यसपछि त्याहाँको व्यवस्थापनमा अप्रत्यासीत परिवर्तनहरु हुन सुरु भए।