फ्रेन्च मिडियाले भने – ‘अहिले सबै भन्दा खराब नेयमारको छन्’

एजेन्सी – सिजन शुरु भएपछि उच्च लयमा उडिरहेको प्पेरिस सेन्ट जर्मेन(पिएसजी) अन्ततः जमिनमा फिर्ता भएको छ। नयाँ सिजन शुरु भएपछि १० खेल सम्म कुनै पनि टोलीसंग पराजित नभएको पिएसजी आइतबार रेनेससंग पराजित भएको हो।

रेनेसको घरेलु मैदानमा भएको खेलमा पिएसजीले कुनै गोल गर्न नसक्दा रेनेसले भने २ गोल गरेको थियो। खेलभर बलमा पकड जमाउन सकेपछि पिएसजीको तर्फबाट सठिक प्रहार भने गर्न सकेन।

लियोनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पे टोलीमा भएर पनि पिएसजीको खेल प्रदर्शन आइतबार कम्जोर रह्यो। पिएसजीको तर्फबाट कुल १३ शट भए। तर ती मध्ये कुनै पनि शट लक्ष्यमा थिएनन्।

त्यति मात्र होइन, आइतबारको खेलमा पिएसजीको डिफेन्सले पनि सन्तोषजनक खेल्न सकेन। पिएसजीले पहिलो हाफको अन्तिम मिनेटमा र दोस्रो हाफको पहिलो मिनेटमा गोल खाएको थियो।

गर्नै नहुने भूल

इतबारको प्रदर्शनले पोचेटिनोलाई पक्कै पनि निराश भएका छन्।खेलपछि पिएसजीका प्रशिक्षक माउरिसिओ पोचेटिनोले यस्ता गल्तीहरु पिएसजीले गर्नै नहुने बताए। गोल खानुले पनि आफूलाई धेरै पीडा दिएको माउरिसिओ पोचेटिनोको भनाई थियो।

नेयमारको चर्को आलोचना

अहिले फ्रान्समा सबै भन्दा बढी नेयमार आलोचित भैरहेका छन्। नेयमार पछिल्लो करियरकै सबै भन्दा खराब फर्ममा रहेको फ्रेन्च पत्रिकाहरुको टिप्पणी छ। फ्रेन्च पत्रिकाहरुले नेयमारको आलोचना मात्र गरेका छैनन्, नेयमार पहिलाको स्तर भन्दा धेरै टाढा पुगेको दावी पनि गरेका छन्।

“नेयमार आफैंको छायाँमा थिए। नयाँ सिजन शुरुभएपछि यदि सबै भन्दा खराब अवस्थामा कोहि छ भने नेयमार छन्।”,एक पत्रिकाले नेयमारको आलोचना गर्दै लेखेको छ।

प्रकाशित : सोमबार, असोज १८, २०७८१९:४५

वाटफोर्डले फेरी बर्खास्त गर्यो आफ्नो म्यानेजर, रेनिएरीलाई नियुक्ति गर्ने तयारी