फेसबुक ६ घण्टा बन्द हुँदा सबै भन्दा धेरै जुकरबर्गलाई घाटा लाग्यो, यति धेरै सम्पति गुमाए !

एजेन्सी – गए राति विश्वभर फेसबुक बन्द भयो। फेसबुकमा समस्या आउँदा फेसबुक मात्र नभई ह्वाट्स एप र इन्स्टाग्राम पनि बाँध भए। फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम विश्वभरी नै बन्द भएको थियो।

फेसबुकको स्वामित्व रहेका तीनै एप्स विश्वका सबै भन्दा बढी प्रयोग हुने एप्समा पर्छन्। तीनै सामाजिक संजाल करिब ६ घण्टा सम्म बन्द भएको विश्वकै सबै भन्दा बढी प्रयोग हुने तीन सामाजिक संजाल बन्द हुँदा विश्वभर नै तरंग भयो।

फेसबुक अन्तर्गतका सामाजिक संजाल बन्द हुँदा अधिकांस मानिसहरु ट्वीटरमा देखिए। फेसबुकमा के भएको हो भन्ने बारे थाहा पाउन पनि धेरैले ट्वीटर प्रयोग गरे। धेरै समय देखि ट्वीटरमा देखा नपरेका मानिसहरुले पनि सोमबार ट्वीटर लग-इन् गरेको बताइन्छ।

जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर

फेसबुक ६ घण्टा सम्म बन्द हुँदा सबै भन्दा ठूलो घाटा फेसबुकलाई नै भएको छ। फेसबुक बन्द हुँदा फेसबुकका सिइओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएकाको खबर आएको छ।

ब्लुमबर्गले गरेको दावी अनुसार सोमबार फेसबुकको शेयर मूल्य ४.९ प्रतिशतले घटेको छ। गएको केहि समय देखि घटिरहेको फेसबुकको शेयर मूल्य झनै ओरालो लागेको हो। ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा जुकरबर्ग पाँचौ नम्बरमा झरेका छन्। शेयर मूल्य घटेसँगै उनलाई बिल गेट्सले उछिनेका छन्।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१०:०४

कसैले नसोचेको मूल्य बिक्री भयो १० रुपैयाँको दुर्लभ सिक्का, मूल्य सुन्दा अचम्म लाग्नेछ !