काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आत्मसम्मान माथि प्रश्न उठाएका छन्।
विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले माधव नेपालको साथ छाडेर एमालेमै बसेका नेताहरुलाई लक्षित गर्दै विभिन्न टिप्पणी गर्न थालेपछि नेता रावलले एक ट्वीट गर्दै प्रचण्डको आत्मसम्मान माथि प्रश्न उठाएका हुन्।
नेकपा छँदा र माधव नेपाल समूहमा हुँदा ओलीको तीव्र विरोध गरेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताले एमाले विभाजन हुँदा एमालेमै रहने निर्णय गरेका थिए। त्यसउपर प्रश्न उठाउँदै प्रचण्डले एमालेमै अड्किएका १० नेताहरुलाई आत्मसर्पण गरेको आरोप लगाउँदै आएका छन्।
रावलले ट्वीट गर्दै जनयु’द्धबाट सत्ता हत्याउँछु भन्ने प्रचण्डले गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागी पद हत्याउँदा आत्मसम्मान हुने भन्दै प्रश्न गरेका छन्।
“एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ।एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘ज-नयु-द्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने?”,रावलले ट्वीट गर्दै भनेका छन्।