“नेयमारको समय सकियो, टेक्निकल रुपमा बेकार देखिए”

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमारको आलोचना हुने क्रम रोकिएको छैन। पछिल्लो समय निकै नै कम्जोर लयमा देखिएका नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजी) रेनेससँग पराजित भएसँगै आलोचना झनै बढेर गएको छ।

नयाँ सिजन शुरु भएयता नेयमारले अपेक्षा गरिएजस्तो प्रदर्शन गर्न सकेका छैनन्। अहिले सम्म मात्र २ गोल गरेका उनको लयलाई लिएर फ्रान्समा चर्को आलोचना भैरहेको छ। नेयमारले नयाँ सिजन शुरु भएपछि ४१ शट हान्दा मात्रै २ गोल गरेका छन्।

नेयमार यति बेला सामाजिक संजालमा व्यापाक ट्रोल भैरहेका छन्। नेयमारको आलोचना सामाजिक संजालमा मात्र सिमित छैन। उनको आलोचना पत्र-पत्रिकामा पनि भैरहेको छ।

फ्रान्सबाट प्रकाशित हुने धेरै पत्रिकाले नेयमार माथि विभिन्न प्रश्न उठाएका छन्। त्यसमध्ये केहिले नेयमारको दिन सकिएको हो भनेर समेत टिप्पणी गरेका छन्। त्यस्तै केहिले नेयमार अब कहिले पनि पहिला जस्तो खेल्न नक्सने दावी गरेका छन्।

फ्रेन्च पत्रिका ले पेरिसियन त पूर्व बार्सिलोनाका फरवार्ड विरुद्ध झनै आक्रामक रुपमा प्रस्तुत भएको छ। उसले नेयमारलाई टेक्निकल रुपमा बेकार र सटीकता नभएको खेलाडीको रुपमा चित्रण गरेको छ। नेयमार पछिल्लो अमय आफ्नै छायाँ बाहेक केहि होइनन् भन्ने उसको टिप्पणी रहेको छ।

साथै उक्त पत्रिकाले नेयमारको उत्कृष्ट खेल देख्ने सम्भावना माथि पनि प्रश्न उठाएको छ। नेयमार बार्सिलोनामा हुँदको उत्कृष्टता भन्दा धेरै टाढा पुगिसकेको उक्त पत्रिकाको बुझाई छ।

प्रकाशित : मङ्गलबार, असोज १९, २०७८१०:४०

एम्बाप्पेले भने- “हो, हो ! मैले नेयमारलाई भिखारी भनेको थिएँ, के भयो त ?”